शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहट प्रहरी भ्यान दुर्घटना: गम्भीर घाइते २ कैदीको मृत्यु

मङ्गलबार, १० असार २०७६, १९ : ३१
मङ्गलबार, १० असार २०७६

रौतहट– रौतहटमा प्रहरीको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको ना १ झ ५३८९ नम्बरको भ्यान मंगलबार दिउँसो चन्द्रनिगाहपुरस्थित बाल्चनपुर चोकमा दुर्घटना हुँदा २ जना थुनुवाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा रौतहट चन्द्रपुर नगरपालिका १–का निर्मल साह र सुनसरी इनरुवा नगरपालिका ९ का रमेशकुमार चौधरी रहेका छन् । 

साह लागू औषध मुद्धामा सजाय भोगिरहेका थिए भने चौधरी सवारी दुर्घटनाको ज्यानमुद्धामा सजाय भोगिरहेका थुनुवा थिए । गम्भीर घाइते भएका चौधरी र साहलाई उपचारका क्रममा पीरगञ्ज पठाउँदै गर्दा मृत्यु भएको हो ।  

यस्तै सामान्य घाइते भएकाहरु ४ प्रहरी र २ थुनुवाको चन्द्रनिगाहपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।  गुड्दै गरेको अगाडीको चक्का भाँच्चिएर दुर्घटना भएको जनाइएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप