शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंक र कलेज अफ अप्लाइड फूड एण्ड डेरि टेक्नोलोजी कलेज बीच कर्जा सम्झौता

मङ्गलबार, १० असार २०७६, १९ : २३
मङ्गलबार, १० असार २०७६

काठमाडौं– सिद्घार्थ बैंक लिमिटेडले ‘सिद्घार्थ उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा’ ल्याएको छ । 

उक्त कर्जाको कार्यान्वयनको लागि सिद्घार्थ बैंक लिमिटेड र कलेज अफ अप्लाइड फूड एण्ड डेरि टेक्नोलोजि कलेज बीच बैंकिङ सम्झौता भएको छ । 

यस सम्झौता अनुसार काठमाडौं स्थित मिनभवनमा रहेको उक्त कलेजमा फूड तथा डेरि टेक्नोलोनीमा स्नातक तथा स्नातकोत्तर गर्न चाहने विद्यार्थीहरुलाई बैंकले कुनै अन्य शुल्क नलाग्ने गरी आधार दरमा २% मात्र प्रिमियम जोडि हुन आउने व्याज दरमा शैक्षिक कर्जा प्रवाह गर्नेछ ।

उक्त व्याज दरमा नेपाल राष्ट्र बैंकद्वारा ५% सहुलियत प्रदान गर्नेछ । बैंकले उच्च शिक्षा हासिल गर्दै स्वदेशमै शिक्षा तथा रोजगारीमा प्रोत्साहन गर्न यस्तो प्रकारको कर्जा सुविधा सिद्घार्थ बैंक लिमिटेडको सम्पूर्ण शाखाहरु मार्फत उपलव्ध गराउने जनाएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप