शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियाको फास्टफुड फ्रेन्चाइज रेष्टुरेन्ट “लोट्टेरिया” नेपालमा

मङ्गलबार, १० असार २०७६, १९ : ०८
मङ्गलबार, १० असार २०७६

काठमाडौं– दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी लोट्टे ग्रुप अन्तर्गतको फास्टफुड फ्रेन्चाइज रेष्टुरेन्ट “लोट्टेरिया” नेपालमा संचालन गर्नको लागि लोट्टे जी.आर.एस. र हिमालय एन.के. बीच फ्रेन्चाइज सम्झौता भएको छ ।

मंगलबार काठमाडौंस्थित होटेल याक एण्ड यतिमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवको उपस्थितिमा दुवै कम्पनीका प्रमुखबीच व्यावसायिक सम्झौता भएको हो । 

सम्झौताको लागि दक्षिण कोरियाबाट लोट्टेका ग्लोबल सी.इ.ओ. नाम इक उ र ग्लोबल बिजनेश टिम प्रमुख किम कि छल सोमबार काठमाडौं आएका थिए । ४० वर्षदेखि संचालित लोट्टेरियाले हाल दक्षिण कोरिया सहित भियतनाम, म्यानमार, इन्डोनेसिया, कम्बोडिया, काजकिस्तान, मङ्गोलिया र लाओस लगायतका देशहरुमा १६०० भन्दा बढी फ्रेन्चाइज रेष्टुरेन्ट सन्चालन गरिरहेको छ । 

रेष्टुरेन्ट फ्रेन्चाइज बिजनेसमा ग्लोबल लिडरको दिशामा अगाडि बढिरहेको लोट्टेरिया चिकेन र बर्गरको लागि विश्वप्रख्यात छ । लगानी र पर्यटन प्रवद्र्धनको लागि सरकारले विभिन्न कार्यक्रम घोषणा गरेसँगै पछिल्लो समय विश्वविख्यात बहुराष्ट्रिय कम्पनीहरु नेपाली बजारमा लगानीको लागि आकर्षित हुँदै गईरहेका छन् । 

यसै समयमा लोट्टेरियाको नेपाल आगमनले भिजिट नेपाल २०२० को प्रवद्र्धन तथा एसिया प्यासिफिक क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई विशेष आकर्षण गर्ने दावी हिमालय एन.के. का अध्यक्ष बिनोद कुँवरको छ । दक्षिण कोरिको विकास, आधुनिकीकरण र अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको लोट्टे समुहको नेपाल प्रबेशले नेपालको समृद्धिमा समेत सकारात्मक टेवा पुग्ने अपेक्षा कुँवरको छ ।

विश्वव्यापीकरणको प्रभावसँगै  नयाँ खालका खानपान र संस्कृति नेपालमा समेत विकास हुँदै गएकोले यो क्षेत्रमा सहजै व्यावसायिक सफलता हासिल गर्ने कुरामा विश्वस्त रहेको हिमालय एन.के.का वैदेशिक लगानी साझेदारलि चब सबले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप