शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिद्धिचरण नगरपालिकाको बजेटः ६१ करोड ३३ लाख

मङ्गलबार, १० असार २०७६, १८ : ५७
मङ्गलबार, १० असार २०७६

ओखलढुंगा– सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि ६१  करोड ३३ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाका उपप्रमुख ईच्छाकुमारी गुरुङले मंगलबार नगरपालिकाको चौथो नगरसभालाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिकाले आगामी आर्थिक वर्षका लागी पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । प्रस्तुत बजेटमध्ये ७ करोड  २२ लाख ८० हजार रुपौया पूर्वाधार विकासमा छुट्याईएको उपप्रमुख गुरुङले बताइन् ।

उपप्रमुख गुरुङले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै केन्द्र सरकारबाट वित्तीय समानीकरणमा १० करोड ६७ लाख, राजश्व बाँडफाँडबाट ८ करोड ५२ लाख र प्रदेश सरकारबाट ७१ लाख ८० हजार, सवारी कर बाँडफाँडबाट १ करोड १७ लाख १९ हजार रुपैयाँको प्राप्त अनुमानित बजेट रहेको बताइन् । त्यस्तै संघीय र प्रदेश सरकारबाट आर्थिक बर्ष २०७६/७७ का लागी समपुरक अनुदान र बिशेष अनुदान बापत एकमुष्ट ५ करोड ५० लाख तथा संघीय सरकारबाट सशर्त अनुदानतर्फ २४ करोड ७९ लाख रुपैयाँको प्राप्त अनुमानित बजेट प्रस्तुत गरिन् ।

सामाजिक सुरक्षा भत्ता बापतको भने रु ७ करोड ६० लाख रुपौया प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै सिद्धिचरण नगरपालिकाको आन्तरिक श्रोतबाट भने आर्थिक बर्ष २०७६÷७७ का लागि २ करोड ३७ लाखको कायकर अनुमान गरिएको उपप्रमुख गुरुङले बताइन् । नगरसभामा उपप्रमुख गुरुङले सशर्त अनुदान तर्फको २४ करोड ७९ लाख रुपैयाँ केन्द्रबाट शिर्षकगत रुपमा आएको समेत बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप