बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा भीरबाट लडेर महिलाको मृत्यु

मङ्गलबार, १० असार २०७६, १८ : २५
मङ्गलबार, १० असार २०७६

बुटवल– गुल्मीमा घाँस काटने क्रममा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । जिल्लाको पूर्वी कालीगण्डकी  गाउँपालिका २ अर्बेनीकी ३४ वर्षीया सरस्वती न्यौपानेको घाँस काट्ने क्रममा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरी निरीक्षक रविन्द्र खड्का अनुसार आफ्नै खरबारीमा घाँस काट्ने क्रममा उनको लडेर मृत्यु भएको हो । न्यौपानेको शवलाई रुरु स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरी आज साँझ नै आफन्तको जिम्मा लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप