शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा ‘रोटा खोप’ सुरु हुने

मङ्गलबार, १० असार २०७६, १८ : १७
मङ्गलबार, १० असार २०७६

काठमाडौँ– गत आर्थिक वर्षमै सुरु हुने भनेको ‘रोटा खोप’ आउने आर्थिक वर्षबाट सुरु गर्ने सरकारले निर्णय गरेको छ । ‘रोटा खोप’ उत्पादन कम्पनीले उपलब्ध गराउन नसक्दा एक वर्ष ढिला भएको खोप कार्यक्रम चालू आर्थिक वर्षमा सुरु हुने भएको हो ।   

स्वास्थ्य मन्त्रालयले पुरानै सम्झौता भएअनुसार उत्पादक भारतीय कम्पनी जिएसकेले ‘रोटा खोप’ दिने बताएपछि खोप कार्यक्रम सुरु हुने भएको हो । गाबिले ‘रोटा खोप’  नेपाललाई उपलब्ध गराउने र उत्पादक कम्पनीले पनि खोप उत्पादन गरेर नेपाललाई दिने निर्णय भएपछि आउने आर्थिक वर्षबाट खोप ‘रोटा खोप’ नियमित खोपको रुपमा सुरु गर्ने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले जनाएको छ । 

यो खोप १ वर्ष भित्रका बालबालिकाले ६ हप्ता र १० हप्तामा दुई मात्रा खुवाउनुपर्ने हुन्छ । ‘रोटा खोप’  प्राप्त गर्न समय लाग्ने  र खोपको बारेमा स्थानीय तहसम्म पुग्नु पर्ने हुँदा माघ, फागुनबाट ‘रोटा खोप’ नियमित खोपको रुपमा सञ्चालन हुने  बुझिएको छ । 

हाल बालबालिकामा हुने झाडापखालको प्रमुख कारण रोटा भाइरस पनि एक हो । रोटा खोप सुरु भएसँगै नेपालमा झाडापखालाबाट निधन हुने बालबालिकाको संख्यामा भने कमी आउने देखिन्छ । रोटा भाइरस सरसफाइले मात्र रोक्न सकिने वा नियन्त्रणमा ल्याउन सकिने रोग नभएको जानकारहरूको भनाइ छ । यो सरुवा रोगमा पर्ने यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै र छिटो सर्ने गर्छ ।

‘रोटा भाइरस’ संक्रमितको दिसामा यो भाइरस अत्यधिक मात्रामा पाइन्छ । यदि त्यो दिसा कुनै मध्यमबाट मुखमा पुगेमा त्यो व्यक्ति पनि संक्रमित हुनेछ । संक्रमित हात, कुनै संक्रमित सामान, बालबालिका भए उनीहरूले प्रयोग गरेको  खेलौना, संक्रमित पानी र खानेकुरा आदि ‘रोटा भाइरस’ सर्ने प्रमुख मध्यमहरू हुन् । कुनै संक्रमित सामान, बालबालिका भए उनीहरूले प्रयोग गरेको  खेलौना, संक्रमित पानी र खानेकुरा आदि ‘रोटा भाइरस’ सर्ने प्रमुख मध्यमहरू हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप