शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटसँग सम्बन्धित ३ वटा विधेयक संसदमा प्रस्तुत

मङ्गलबार, १० असार २०७६, १६ : ४०
मङ्गलबार, १० असार २०७६

काठमाडौं– सरकारले आगामी आर्थिक बर्षको बजेटसँग सम्बन्धित विभिन्न ३ वटा विधेयक संसदमा प्रस्तुत गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत (तेइसौं) संशोधन २०७६  पेस गरेका हुन् । अर्थमन्त्रीले तीनवटै विधेयकमाथि विचार गरियोस् भनी गरेको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको हो ।

त्यसैगरी बैठकले अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक २०७६ लाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई वहुमतले पारित गरेको छ । विनियोजन विधेयक अन्र्तगत विभिन्न शीर्षकमा सांसदहरुबाट प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि विधेयक वहुमतले पारित भएको हो । प्रतिनिधिसभाको अर्को बैठक असार १३ गते शुक्रबार ४ बजेका लागि बोलाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप