शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा प्रहरीको गाडी दुर्घटना, ६ प्रहरीसहित १० जना घाइते

मङ्गलबार, १० असार २०७६, १५ : ३०
मङ्गलबार, १० असार २०७६

रौतहट– रौतहटमा प्रहरीको भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको ना१ झ ५३८९ नम्बरकाे भ्यान मंगलबार दिउँसो चन्द्रनिगाहपुरस्थित बाल्चनपुर चोकमा दुर्घटना हुँदा १० जना घाइते भएका हुन् । 

घाइते हुनेमा ४ जना कैदी र ६ जना प्रहरी रहेका छन् । जसमा दुई प्रहरी जवान सञ्जय कार्की र अजय साह गम्भीर घाइते भएका छन् भने  दुई थुनुवा  रमेश चौधरी, निर्मला साहपनि गम्भीर घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । 

यस्तै सामान्य घाइते भएकाहरु ४ प्रहरी र २ थुनुवाको चन्द्रनिगाहपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले जानकारी दिए । 

गुड्दै गरेको अगाडीको चक्का भाँच्चिएर दुर्घटना भएकाे जनाइएकाे छ ।



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप