तालिवाननद्वारा कब्जामा लिएको जिल्ला अफगान सुरक्षाकर्मीद्धारा फिर्ता
अफगानिस्तान– अफगानिस्तानको सरकारी सुरक्षा फौजले तालिबानले यसअघि कब्जामा लिएको बिलचिराग जिल्ला फिर्ता गराएको छ । उत्तरी अफगानिस्तानको फार्याब प्रान्तमा अवस्थित सो जिल्लामा यसअघि तालिवानले कब्जा जमाएका थिए । उक्त प्रान्तका प्रान्तीय गभर्नरले मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी गराएका समाचारमा जनाइएको छ ।
उक्त जिल्ला तालिबानबाट फिर्ता गराउनका लागि यहाँको सरकारी सुरक्षा फौजले जमिन र हवाई आक्रमण गरेको थियो । तर विगतमा सम्भव भएको थिएन । तर मङ्गलबार बिहानैदेखि सुरक्षा फौजले थालेको एक विशेष प्रकारको ‘अप्रेसन’ पछि आज नै सो जिल्ला सरकारले नियन्त्रणमा लिन सफल भएको उक्त विज्ञप्तिमा जानकारी गराइएको छ ।
सरकारले पुनः आफ्नो नियन्त्रणमा लिएको सो जिल्लामा ठूलो संख्याका प्रहरी रहने छन् । यहाँका नागरिकलाई शान्ति सुरक्षाको सुनिश्चितता गर्न उक्त क्षेत्रमा ठूलो संख्याका प्रहरी रहने जानकारी उक्त प्रान्तका प्रान्तीय गभर्नरद्वारा जारी गरिएको विज्ञप्तिमा जानकारी दिइएको छ ।
तर सो विज्ञप्तिमा उक्त जिल्लामा भएको कारबाहीका क्रममा के कति नागरिकको ज्यान गएको छ वा छैन भन्ने बारेमा भने केही पनि बताइएको छैन ।
उक्त जिल्लासहित सो फार्याब प्रान्तमा दिगो शान्ति सुरक्षा कायम राख्नका लागि यहाँको सरकारी सुरक्षाकर्मीहरुले विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको पनि बताएका छन् ।
उक्त बिलचिराग जिल्लामा यहाँका तालिबानहरुले करिब दुई वर्षदेखि शासन गर्दै आएका थिए । यस जिल्ला तालिबानको कब्जाबाट फिर्ता यहाँको सरकारी सुरक्षा फौजले पटक पटक प्रयास गर्दै आएको थियो ।
तर सो प्रयास मङ्गलबार मात्र सफल भएको अधिकारीहरुले जनाएका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा