मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कौडा खेलिरहेको अवस्थामा नगदसहित ५ जना बालाजु प्रहरीको फन्दामा

मङ्गलबार, १० असार २०७६, १३ : ५०
मङ्गलबार, १० असार २०७६

काठमाडौँ । बालाजु प्रहरीले सोमबार राती करिब १९ लाखसहित ५ जनालाई पक्राउ गरेको छ । कौडा खेलिरहेको अवस्थामा पाँचै जनालाई मुड्खु भज्याङ्बाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा काभ्रे बनेपाका राज तामाङ, उदयपुर गाइघाटका विमल कार्की, उदयपुर गाइघाटका दिपक राई, नुवाकोट तारकेश्वरका अशोक तामाङ र संखुवासभाका राजु ब्लोन रहेका छन् । 

मुड्खुबाट १८ लाख ८७ हजार र दुई थान कौडासहित ५ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख डीएसपी बाल नरसिंह राणाले पुष्टि गरे । 

विशेष सूचनाको आधारमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको डीएसपी राणाले रातोपाटीलाई जानकारी दिए । 

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप