मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ऋतिककी बहिनी सुनैनाका प्रेमीले अन्ततः मुख खोले

मङ्गलबार, १० असार २०७६, १२ : २९
मङ्गलबार, १० असार २०७६

बलिउड नायक ऋतिक रोशनकी बहिनी सुनैना रोशन पछिल्लो समय निकै चर्चामा रहिन् । वास्तवमा उनले आफ्ना भाइ र बुवा राकेश रोशनमाथि गम्भीर आरोप लगाइन् । उनले सोसल मिडियाको सहारा लिएर आफूले नर्कजस्तो जीवन बाँचिरहेको बताएकी छिन् । भाइ ऋतिकले आफ्ना लागि घर खरिद गरिदिने वचन पुरा नगरेको उनले आरोप लगाइन् । उनी मुस्लिम युवकसँग प्रेममा परेका कारण बुवा राकेश रोशनले उनलाई थप्पड हानेको पनि बताइन् ।

हालै न्यूज १८ सँग भएको कुराकानीमा सुनैनाका प्रेमी रुहेल अमिनले यसबारे मुख खोलेका छन् । उनले भनेका छन्, ‘अहिलेको यो उदारवादी समयमा धर्म–जातीको नाममा हुने राजनीतिलाई यो घटनाले एकपटक पुनः उजागर गरेको छ ।’

कुनै विशेष धर्म अपनाएका कारण आतंकवादीको संज्ञा दिनु एउटा दुर्भाग्यपूर्ण कुरा हो बताउँदै उनले भनेका छन्, ‘यो अपमानजनक हो र यसको कडा शब्दमा विरोध गरिनुपर्छ ।’

स्मरण रहोस्, रुहेल अमिन एक पत्रकार हुन् र टाइम्स नाउमा मनोरञ्जन सम्बन्धि समाचार लेख्ने बेला उनको सुहानासँग भेट भएको थियो । रुहेलले भने, ‘हामी एकअर्काबाट अलग्गियौं र पछि सोसल मिडियामार्फत् पुनः जोडियौं ।’

रोशन परिवारको समर्थनमा उत्रिइन् रितिककी पूर्वपत्नीः भनिन्, ‘मुश्किल समयमा परिवारलाई सम्मान गर्नुहोस्’

उनले सुनैनाको परिवारले उनीहरुबीचको दोस्तीलाई मञ्जुरी नदिएको पनि बताए । उनले भने, ‘हामीबीचको सम्बन्ध थाहा पाएपछि सुनैनाका परिवारले उनको चारैतिर सुरक्षाकर्मी लगाइदिए । सुनैनाले मलाई उनको परिवारलाई हाम्रो सम्बन्धमा विश्वास नभएको बताएपछि मलाई हाँसो लाग्यो ।’

रुहलेले भने, ‘कुनै जात धर्मका कारण उनलाई आतंकवादी घोष्तित गर्नु कुनै पनि हालतमा स्विकार्य छैन । धर्म र स्थानका कारण तपाईं चरमपन्थजस्ता कुराको परिभाषित गर्न सक्नुहुन्नँ । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने यस्ता दुषित धारणाविरुद्ध हामी उभिनुपर्छ जुन उहाँहरु (रोशन परिवार) को पनि छ ।’

समस्यामा रितिक रोशनको परिवार, बहिनी सुनैनाले लगाइन् विभिन्न गम्भीर आरोप

रुहेलका अनुसार सुनैना आफ्नो जीवनलाई एउटा नयाँ ढङ्गबाट सुरु गर्न चाहन्छिन् । यसमा उनलाई परिवारले सहयोग गरोस् भन्ने उनको चाहना  छ ।

रितिकले पनि मुस्लिम समुदायकी सुजैनसँग विवाह गरेका थिए, यस्तो अवस्थामा उनीहरुको समस्या के होला भन्ने प्रश्नमा उनले भने, ‘हरेकले यो विडम्बनालाई देख्न सक्छ ।’

हालै भारतीय मिडियामा प्रकाशित रिपोर्टमा रितिककी बहिनी सुनैनाले आफ्नो यो समस्याबाट पार पाउनका लागि कंगनासँग मद्दत मागिरहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप