बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बझाङका २ वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी, शंकास्पद वस्तु पनि फेला

मङ्गलबार, १० असार २०७६, ११ : ३२
मङ्गलबार, १० असार २०७६

बझाङ–बझाङका २ वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ भने बुंगल नगरपालिका ११ को वडा कार्यालयमा शंकास्पद बस्तु फेला परेको छ । 

शुक्रबार जयपृथ्वी नगरपालिका ३ पडेस र मष्टा गाउँपालिका १ को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको हो भने बुंगल नगरपालिका ११ को वडा कार्यालयमा शंकास्पद बस्तु फेला परेको हो  । 

जिआइ पाइपमा फिट गरेको अवस्थामा वडा कार्यालयमा शंकास्पद बस्तु भेटिएको स्थानीय शिक्षक रमेश बोहराले बताए । 

यस्तै आगजनी हुँदा जयपृथ्वी नगरपालिका ३ को वडा कार्यालयको ढोका र मष्टा गाउँपालिका १ को वडा कार्यालयको झ्याल जलेर क्षती भएको प्रहरीले जनाएको छ । त्यस्तै स्थानियले वडा कार्यालयमा शंकास्पद बस्तु राखेको खबर गरेपछि प्रहरी को टोली घटना स्थलतर्फ गएको बझाङका डीएसपी सूर्य बहादुर केसीले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप