फिल्म ‘एकलव्य’को पहिलो गीत ‘पूर्वै चल्न्या रेल...’
१० साउनबाट प्रदर्शनमा आउने फिल्म हो ‘एकलव्य’ । निर्माण युनिट अहिले फिल्मको प्रचारमा जोड तोडले लागि परेको छ । शोकी क्रममा फिल्मको पहिलो गीत फिल्मको प्रचारलाई बल पुर्याउन पुग्छ धनदै निर्माण ‘पूर्वै चल्न्या रेल...’ सार्वजनिक भएको छ ।
रामचन्द्र काफ्ले र जुनु रिजालले स्वर रहेको गीतमा राजेन्द्र बजगाईंको शब्द तथा संगीत छ । गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता सोनाम थापा मगर र मोडल सन्ध्या भट्टराईले ठुम्का लगाएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा एकसय बढी कोरस प्रयोग गरिएको छ ।
अनमोल शर्माको निर्देशन रहेको फिल्म पारिवारिक प्रेमकथामा आधारित भएर निर्माण भएको हो । फिल्ममा सोनामसँगै ओसिन भट्टराई, महिला सिलवाल, पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनको अभिनय रहेको छ ।
‘एकलव्य’लाई राजेन्द्र दुलाल, सोनाम थापा मगर र अभी थापा मगरले निर्माण गरेका हुन् । कविराजसँगै रामजी लामिछानेको पनि फिल्मका गीतमा कोरियोग्राफी छ ।
राजेन्द्र बजगाईंको गीत तथा संगीत, भोजराज देवकोटाको पटकथा तथा संवाद, कृष्ण श्रेष्ठको छायांकन फिल्म रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री