विप्लवका नेता पक्राउ परेपछि रेखाको आक्रोश : राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखियो !
काठमाडौं – अभिनेत्री रेखा थापा राज्यप्रति आक्रोशित छिन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नरबहादुर कार्की पक्राउ परेपछि उनी राज्यप्रति आक्रोशित भएकी हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै आफ्नो आक्रोश पोखेकी छन् ।
‘राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखियो आज ! सामाजिक अभियन्ता, अन्तर्राष्ट्रिय मोटिभेटर आदरणीय नरबहादुर कार्की सरलाई प्रहरीले एक अपराधीलाई जसरी पक्राउ गरेको छ,’ उनले अगाडि लेखेकी छन् ‘धकेलेर, भरखरै मारौँला जस्तो गरेर गणतान्त्रिक लोकतन्त्रात्मक प्रहरी प्रस्तुत भएको खुद आँखाले देख्न पाइयो ।’
‘कुनै व्यक्ति, कुनै पार्टीको नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो ?’ उनले प्रश्न समेत उठाएकी छन् ।
कार्कीलाई महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीको संयुक्त टोलीले सोमबार साँझ बालुवाटारबाट पक्राउ गरेको थियो । कार्की रेखा थापा निर्देशित तथा अभिनित फिल्म ‘मालिका’का निर्माता तथा कलाकार पनि हुन् ।
पक्राउपछि उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । सामाजिक अभियन्ताको रुपमा समेत आफूलाई चिनाएका कार्की सन् २०१६ मा मुम्बईमा भएको विश्व प्रशिक्षक सम्मेलनमा छानिएका ५० सफल प्रशिक्षक मध्येका एक हुन् ।
उनी गएको वर्ष एक भव्य कार्यक्रमका बीच विप्लव समूहमा प्रवेश गरेका थिए ।
रेखाकै फिल्म ‘हिम्मतवाली’का नायक सुदर्शन गौतमबिरुद्ध पनि मानव तस्करको आरोप यस अगाडि नै लागि सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)