आयोजक इङ्ल्यान्ड र अस्ट्रेलियाको भिडन्त आज
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) साविक विजेता अस्ट्रेलिया र आयोजक इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । लन्डनस्थित लर्डस क्रिकेट मैदानमा साँझ ३ः१५ बजेदेखि सुरु हुने खेलमा दुवै टोलीले जित निकाल्ने दावी गरेका छन् । जारी विश्वकपमा अस्ट्रेलिया र इङ्ल्यान्ड उपाधिको दाबेदार टोली हुन् । दुवैले सातौं खेल खेल्दै छन् ।
यसअघिका ६ खेलमा अस्ट्रेलियाले पाँच जित र एक हारको नतिजा निकालेको छ । इङ्ल्यान्डले चार जित र दुई खेलमा हार खेपेको छ । अस्ट्रेलिया १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । आठ अंक बनाएको इङ्ल्यन्ड चौथो स्थानमा छ ।
समान स्तरका यी टोली बीच यसअघि भएका खेलहरुमा अन्तर्राष्ट्रिय केही बलियो देखिएको छ । यसअघिको विश्वकप नतिजामा पनि अस्ट्रेलिया माथि देखिन्छ । विश्वकपमा यी दुई टोली सात पटक भिडेका छन् । जसमा अस्ट्रेलिया पाँच र इङ्ल्यान्डले दुई खेल जितेको छ । उत्कृष्ट लयमा रहेका यी दुर्व टोलीबीचको भिडन्त रोचक हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी