शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जिग्री र पाँडेले दिए २० वर्षदेखि तुईन चलाउँदै आएका शुक्रबहादुरलाई घर

मङ्गलबार, १० असार २०७६, ०९ : ३३
मङ्गलबार, १० असार २०७६

 काठमाडौं – चर्चित हाँस्यकलाकार कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ले ८० वर्षीय तुईन चालक चेपाङलाई नयाँ घर हस्तान्तरण गरेका छन् । धादिङ चरौदीस्थित त्रिशुली नदी किनारमा विगत २० वर्षदेखि तुईन तान्दै आएका उनलाई बस्नका लागि घरको रुपमा नयाँ घर हस्तान्तरण गरेका हुन् । 

धादिङ रोराङ गाउपालिका वडा नं. ७ मा निर्माण गरिएको घर हस्तान्तर कार्यक्रममा जिग्री, पाँडे सहित मधुसुदन पाठक ‘सिते बा’, व्यवसायी हरि काफ्ले, नागरिक समूहका पदाधिकारीको उपस्थिती रहेको थियो । 

सञ्चारकर्मी श्यामहरि शिवभक्तिको संयोजनमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सहयोगमा उक्त घर निर्माण गरिएको हो । ६ महिना अघि तुईन चलाउने बाजेको रुपमा श्यामहरीले फिल्मीकुरा टिभीमा कुराकानी हालेका थिए । 

कार्यक्रमा अर्जुन घिमिरे ‘पाँडे’ले शुक्रबहादुरको लागि राम्रो चिटिक्क घर बन्नु खुसीको कुरा भएको बताए । उनले थपे ‘ उनी अब त्रिशुली नदी किनारमा सुत्नुपर्ने दिन गए ।’

कुमार कट्टेल जिग्रीले एउटा पून्यको काममा सहभागी हुन पाउदा अत्यन्तै खुसी लागेको बताए । शुक्रबहादुरले २० वर्षदेखि तुईन तारेर धेरै व्यक्तिलाई वारपार गराउनु पनि एउटा सामाजिक सेवा नै भएको जिग्रीको भनाई थियो । 
शुक्रबहादुरले काठमाडौं देखि कलाकार आएर घर हस्तान्तरण गरिदिदा मनमा निकै खुसी लागेको बताए । ‘घर थिएन, जग्गा थिएन । अब त जग्गा पनि पाए, घर पनि पाए । म तुईन तान्दिन ’ उनले भने ।
शारिरीक रुपमा अशक्त उनका छोरा बोल्न र सुन्न सक्दैनन् । सोही छोरा र आफ्नो जीविकोपार्जनको लागि उनले त्रिशुली नदीमा तुईन चलाउदै आएका थिए । घर निर्माणका लागि यूके निवासी गीता गुरुङ, साइप्रस निवासी कालिका थापा सेढाई, अष्ट्रिया रहने कुमार अधिकारी र दुबईमा बस्ने हरिचन्द्र गिरीले अभियान चलाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप