शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अज्ञात समूहद्वारा दुई वडा कार्यालयमा आगजनी

मङ्गलबार, १० असार २०७६, ०८ : ४३
मङ्गलबार, १० असार २०७६

अछामका दुईवटा वडा कार्यालयमा आगजनी भएको छ । सोमबार राति अज्ञात समूहद्वारा पन्चदेवल विनायक नगरपालिकाको ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको हो । 

 जिल्ला प्रहरी कार्यालयका अनुसार पन्चदेवल बिनायकको ३ नम्बर वडा कार्यालयमा राति २ बजेको समयमा आएको करीब ५÷६ जनाको समूहले पेट्रोल छर्केर आगजनी गरेका थिए । 

त्यसैगरी, ढकारी गाउँपालिका ५ मा भने प्रहरी घटनास्थलमा पुग्न सकेको छैन । गाउँपालिका केन्द्रबाट पैदल २ घन्टाको दुरीमा रहेको वडा कार्यालयमा भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप