विप्लव कार्यकर्ताद्वारा ग्यास सिलिण्डरमा आगो लगाएर विष्फोट
मङ्गलबार, १० असार २०७६, ०७ : ४१
रामेछापको सदरमुकाम मन्थली नजिकै ग्यास सिलिण्डर पड्किएको छ । नेत्रविक्रम चन्द समूहले आह्वान गरेको पूर्व सन्ध्यामा कार्यकर्ताले राति २ बजेतिर मन्थली बसपार्क भन्दा केही माथिको पाखामा उक्त विष्फोट गराएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार टायरमाथि ग्यास सिलिण्डर राखेर आगो लगाएर विष्फोट गराएका थिए । घटनास्थल बसोवास क्षेत्र भन्दा केही टाढा पाखामा भएकाले कुनै क्षति नभएको भट्टराईले बताए । घटना पछि सुरक्षा सतर्कता बढाइएको छ ।
चन्द समूहले मंगलबार आव्हान गरेको बन्दको प्रभाव बिहानै देखि जिल्ला सदरमुकाम लगायत ग्रामीण क्षेत्रमा परेको छ । यातयातका साधन आंशिक मात्र चलेका छन् । लामो दुरीका कुनै पनि साधन सञ्चालन भएका छैनन् । शैक्षिक संस्था खुलेका छैनन् । बजार भने आंशिक रुपमा खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट
-
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु
-
‘खजुरे ब्रो’ विशुद्ध मनोरञ्जनका लागि बनाएको हो : निर्देशक सुरज
-
कतारका अमिरसँग प्रधानमन्त्रीले भने– नेपाल लगानीका लागि विश्वकै आकर्षक गन्तव्य
-
कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ
-
नेपालमा प्रत्येक दिन १० वटा भूकम्प