किन हराउँछन् मान्छे ?
राजधानीमा पछिल्ला दिनमा दिनहुँजसो कोही छोरी, कोही बुहारी त कोही श्रीमती हराएको भन्दै खोजतलासका लागि निवेदन पर्ने गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ । परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले चालु आर्थिक वर्षको जेठसम्म मानिस हराएका एक हजार पाँच सय ४१ वटा उजुरी परेको बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या तीन सय २८ बढी हो । चालु आवमा हराएकामध्ये महिलाको संख्या ६ सय ७८ छ ।
खोजतलास गर्दा सात सय ७९ जना भेटिएका छन् । प्रहरीले भेटिएका महिला र पुरुषको भिन्नाभिन्नै तथ्यांका भने दिएको छेन । डीएसपी बोगटीका अनुसार बढी हराउनेमा १५ वर्षदेखि ५५ वर्ष उमेर समूहका किशोरी र महिला छन् । ‘केही परिवारसँग पूरै सम्पर्क्विहीन भएरै हराएका देखिन्छन्’, उनले भने, ‘तर अधिकांश परिवारले शंका गरेकै व्यक्तिसँग भागेर लुकिछिपी बसेका भेटिन्छन् ।’
घरायसी खटपट, महिला हिंसा, परपुरुषसँगको सम्बन्धका कारणले व्यक्ति हराउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । केही ‘डिप्रेसन’ का रोगी पनि परिवारलाई थाहै नदिई भागेका घटना छन् ।
काठमाडौं मेडिकल कलेजमा चिकित्सा शास्त्र (एमबिबिएस) चौथो वर्षमा पढिरहेका शिशिर खनाल गत जेठ २५ गते मृत भेटिए । उनी जेठ १७ गतेबाट हराएका थिए । प्रहरीका अनुसार खनालले डिप्रेसनको औषधि खाँदै आएका थिए ।
डिएसपी बोगटीका अनुसार वैदेशिक रोजगारमा गएका पुरुष स्वदेश फर्किंदा श्रीमती अर्कै पुरुषसँग भागेका घटना पनि धेरै छन् । ‘ श्रीमान् विदेशमा बसेर काम गरी पसिना काटी पैसा पठाउँछ । यता नेपालमा बसेर श्रीमती अर्कैसँग लागेकी हुन्छिन्’, बोगटी भन्छन्, ‘ श्रीमान् घर आउँदा श्रीमती र पैसा दुवै हुँदैन । अनि श्रीमान्ले श्रीमती हराइन् भनेर उजुरी लिएर आउँछन्।’
मनोविद् गोपाल ढकाल व्यक्ति हराउनुमा थुप्रै कारण रहेको बताउँछन् । उनी भन्छन्, ‘किशोराकिशोरी हराउनुमा अभिभावकसँगको तालमेल नमिल्नु, सामाजिक सञ्जालको दुरुपयोग र परिवारभित्र स्वतन्त्रता नपापाउनु हो ।
अर्को कुरा मानसिक रोगी परिवारलाई थाहै नदिई हराउने गरेका छन् ।’ कतिपय अवस्थामा किशोरीमा यौन उत्तेजना पलाउने तर, त्यो कुण्ठा कता पोख्ने भनेर आपसी रमाइलो गर्न पनि परिवारलाई थाहै नदिई बेपत्ता हुने प्रवत्ति देखिन्छ । ‘सबै इच्छा पूरा हुँदाहुँदै पनि व्यक्ति हराउनु पारिवारभित्रको कलहका कारणले हो’, ढकालले भने, ‘आफ्नो पिरमर्का परिवारलाई सुनाएर किन दुःख दिने भन्ने सोचले पनि व्यक्ति हराएको देखिन्छ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुवास गोतामेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन