शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय काँग्रेसको नेतृत्व गान्धी परिवारभन्दा बाहिरबाट आउनसक्ने

सोमबार, ०९ असार २०७६, २३ : २५
सोमबार, ०९ असार २०७६

नयाँ दिल्ली-भारतीय राष्ट्रिय काँग्रेसको नेतृत्वमा गान्धी परिवारभन्दा बाहिरबाट आउन सक्ने एक नेताले दाबी गरेका छन् । 

भारतमा गत महिना सम्पन्न भएको निर्वाचनमा पार्टीले पराजय भोगेपछि पार्टी अध्यक्ष राहुल गान्धीले पदबाट राजिनामा घोषणा गरेकाले गान्धी परिवारभन्दा बाहिरबाट पनि नेतृत्व हुनसक्ने चर्चा भएको हो ।  

काँग्रेसका एक जना प्रभावशाली नेता पी एल पुनियाले गान्धी परिवारभन्दा बाहिरबाट नेतृत्व हुने सम्भावना रहेको बताउनुभएको समाचारमा जनाइएको छ ।

उनले भने, “देशको उज्ज्वल भविश्यका लागि गान्धी परिवारले त्याग गर्न र लचकता देखाउन सक्छ ।” 

काँग्रेसका छत्तिसगढ प्रदेश प्रमुख समेत रहेका पुनियाले पार्टीको नेतृत्व कसले गर्ने भन्ने निर्णय वर्तमान अध्यक्ष राहुल गान्धीको हातमा रहेको उल्लेख गरे । 

गान्धीले चाहेमा उनले नै गर्ने र उनले नचाहेमा गान्धी परिवारभन्दा बाहिरका नेताबाट पार्टीले नेतृत्व पाउने पुनियाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप