शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अज्ञात समूहले सिडिओलाई फोन गरेर शंकास्पद वस्तु राखिएको सूचना दिएपछि...

सोमबार, ०९ असार २०७६, २२ : ५१
सोमबार, ०९ असार २०७६

झापा-जिल्लाको भद्रपुर नगरपालिकाको कार्यालयभित्र शंकास्पद वस्तु भेटिएको छ । नगरपालिकाको मेयरको कार्य कक्ष चढने सिढीको तल कालो व्याग जस्तो शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।  कालो व्याग भित्र के छ भन्रे अवस्था छैन, प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।

नगरपालिका कार्यालयमा शंकास्पद वस्तु फेला परेपछि बजार जाने सडक प्रहरीले अवरुद्ध गरेको छ ।

साँझ ८ बजे अज्ञात समूहले झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई फोन गरेर नगरपालिका कार्यालयमा शंकास्पद वस्तु राखिएको जानकारी दिएलगत्तै प्रहरी टोली परिचालन गरिएको थियो । अहिले प्रहरी टोली घटनास्थल पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप