शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेची र कोशीका १० जिल्लामा विप्लवका कार्यकर्ताले निकाले मसाल जुलुस

सोमबार, ०९ असार २०७६, २२ : २९
सोमबार, ०९ असार २०७६

काठमाडौं-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मेची र कोशी ब्यूरोका १० वटै जिल्लामा मसाल जुलुस निकालेको छ । सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीद्वारा असार ५ गते हत्या भएपछि आक्रोशित बनेको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको असार १० गते मंगलबार एकदिनको नेपाल बन्दको पुर्व संन्ध्यामा ती जिल्लामा मशाल जुलुस निकालिएको हो ।

सो पार्टीका ब्युरो कार्यालयका सचिव श्रीजनका अनुसार सोमबार साँझ तेह्रथुमको १ स्थान म्याङ्लुङ र जिरि खिम्तिको बीचभाग, सुनसरीको इटहरी हलगाडा, धरानको पानमारा र बराहा नगरपालिकाको एक स्थानसहित ३ स्थानमा, मोरङ्गको पथरी, रंगेली, र सुन्दर हंरैचासहित ३ स्थानमा मसाल जुलुस प्रदर्शन गरिएको छ । 

त्यस्तै उनका अनुसार धनकुटाको १ स्थान, ताप्लेजुङको खेजिनिम र हेल्लोक, लामको फाकफोकथुम र सुर्योदय, उत्तरी मोरङ्गको १ स्थान, दक्षिणी इलामको १ स्थान, झापाको दमक, गौरादह, शिवसताक्षी, कमल, झापा, बिर्तामोड, हल्दिबारी, बार्हदशी, अर्जुनधारासहित ९ स्थान, पाँचथरको १ स्थानमा गरेर जम्मा २४ स्थानमा मशाल जुलुस निकालिएको छ । उनका अनुसार चौबिसै स्थानमा पार्टीका नेता, कार्यकर्ता र पार्टी सदस्यहरुको उल्लेख्य र आक्रमक सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप