बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पोखरा महानगरको आगामी वर्ष बजेट योजनाः विकटलाई निकट ल्याउने

सोमबार, ०९ असार २०७६, २१ : ३२
सोमबार, ०९ असार २०७६

पोखरा– आगामी आर्थिक वर्षको बजेटमा पोखरा महानगरले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । मंगलबार, सार्वजनिक हुन लागेको महानगरको बजेटमा पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले जानकारी दिए । 

‘आगामी वर्षको लागि महानगरले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘किनभने विकटलाई निकट ल्याऔं अभियान महानगरले थालेको छ । आउने वर्ष धेरै सकिने विकट ठाउँहरु महानगरको निकट आउने छन् ।’

त्यस्तै, रोजगार सिजर्ना बजेटको दोस्रो प्राथमिकतामा परेको उनले जानकारी दिए । कृषि उत्पादनलाई जोड साथै आवधिक योजना बनाउने, भू–उपयोग नीतिदेखि डिजिटल प्रविधि सर्वे, पर्यटनलाई महानगरले बजेटको विशेष प्राथमिकतामा राखेको छ । 

अघिल्लो वर्षमा साढे ६ अर्ब को बजेट ल्याएको मा यस वर्ष १ अर्ब बढी साढे ७ अर्बको बजेट ल्याउने महानगरले जनाएको छ । भौतिक पूर्वाधारमा बजेटको ३६ प्रतिशत ल्याउने सिलिङ महानगरले ताकेको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधारतर्फ २ अर्ब २३ करोड बजेट विनियोजन गरिएको थियो । त्यसमध्ये सडक तथा पुल निर्माण, तटबन्ध तथा बाँध निर्माण र खानेपानी संरचना निर्माणलाई मुख्य प्राथमिकतामा थिए ।

 पोखरा महानगरले गत वर्ष सार्वजनिक गरेको साढे ६ अर्ब बजेटमा असार महिनासम्म साढे ३ अर्बमात्रै खर्च गरेको देखिन्छ । असारसम्म पनि किन पुरा बजेट खर्च भएन ? प्रश्नमा मेयर जिसीले भने, ‘बजेट सबै खर्च हुन्छ । यो वर्ष नभए पनि अर्को वर्ष हुन्छ । किनभने बहुवर्षीय योजनाका लागि बजेट विनियोजन भई सकेको छ ।’ आगामी वर्षको बजेटमा १ अर्ब ५२ करोड रुपैयाँ टेन्डरमा गइसकेका बहुवर्षीय योजनालाई छुट्टयाइने उनले जानकारी दिए । 

बहुवर्षीय योजनामा माछापुच्छ्रे छायाँ पार्क, फेवाताल जलाधार क्षेत्र चेकड्याम, आकाशे पुल लगायतका योजना छन् । ठेक्कामा गइसकेका बहुवर्षीय योजनालाई चालु आर्थिक वर्षमा महानगरबाट १ अर्ब २५ करोड रुपैयाँ भुक्तानी भइसकेको महानगरले जनाएको छ ।

महानगरले ल्याउन लागेको नयाँ बजेटमा वडास्तरीय बजेटमा समेत भौतिक पूर्वाधारलाई जोड दिने छन् । विभिन्न वडा कार्यालय हालसम्म पनि निर्माण भइनसकेकाले ती वडा कार्यालय भवन निर्माण गर्ने तर्खरमा महानगर छ । महानगरले वडास्तरीय भौतिक पूर्वाधार विकासका लागि करिब २३ करोड बजेटको सिलिङ तोकेको छ ।

पोखरा महानगरले सार्वजनिक जग्गा संरक्षण अभियानलाई आगामी वर्षमा पनि निरन्तरता दिने भएको छ । महानगरको नीति तथा कार्यक्रम यसअघि नै प्रस्तुत भई सकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप