शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नम्बर १ टेस्ट बलरपछि जडेजा बने नम्बर १ अलराउण्डर

बुधबार, २५ साउन २०७४, ११ : ५२
बुधबार, २५ साउन २०७४

नयाँ दिल्ली । रविन्द्र जडेजाले शकिब अल हसनलाई पछि पार्दै नम्बर १ टेस्ट अलराउण्डर बनेका छन् । उनी यसअघि नै टेस्ट बलरको बरियतामा शीर्ष स्थानमा पुगिसकेका छन् ।

श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलामा तेस्रो टेस्टमा प्रतिबन्धित बनेका जडेजाले हालसम्म २८.७६ को औसतले सबैभन्दा बढी १३ विकेट लिएका छन् । त्यस्तै उनले ७० को उच्च स्कोरसहित ८५ रनको योगदान दिएका छन् ।

त्यस्तै, पहिलो दुई टेस्टमा शतक बनाएका चेतेश्वर पुजारा टेस्ट ब्याटसम्यानको वरियतामा तेस्रो स्थानमा उक्लेका छन् ।
 
त्यस्तै भारतीय ब्याटसम्यान अजिंका रहाने ५ स्थान माथि उक्लिँदै छैटौँ स्थानमा पुगेका छन् । उनले दुई टेस्टमा २ सय १२ रन बनाएका छन् । यसमा एक शतक र एक अर्धशतक सामेल छन् ।

उता, दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका इंग्ल्याण्डका मोइन अली अलराउण्डरको वरियतामा चौँथो स्थानमा कायम रहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप