शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्र ‘दि कर्मा’ घोषणा

बुधबार, २५ साउन २०७४, ११ : ५०
बुधबार, २५ साउन २०७४

काठमाडौं – चलचित्र ‘दि कर्मा’ घोषणा गरिएको छ । थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र घोषणा गरिएको हो । नेपाल भारतको सिमा आसपासमा पर्ने नेपाली तराई भेगको घटनाको बिषयमा चलचित्र बन्न लागेको हो । चलचित्र विश्वदिप घिमिरेले निर्देशन गर्नेछन् ।


चलचित्रमा मुम्बईका कलाकार दीपक आनन्दको प्रमूख अभिनय रहनेछ । बलिउड तथा दक्षिण भारतिय चलचित्रमा सक्रिय रुपमा काम गरिरहेका दीपकले ‘लभ सब प्यार व्यार’, ’अञ्जान’, ’ह्यांग टिल डेथ’ लगायतका टलिउड चलचित्र तथा केही मराठी चलचित्रमा अभिनय गरेका छन् ।


भदौ महिनामा मुर्हुत गर्ने तयारी रहेको चलचित्रमा करण आहुजा, क्षितिजा शाक्य लगायतको अभिनय रहनेछ ।


जय मिडिया म्यानेजमेन्ट प्रोडक्शनको ब्यानरमा बन्ने एक्शन प्रधान चलचित्र ‘दि कर्मा’को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा हुनेछ । 


२०७४ भित्रै रिलीज लक्ष्य राखिएको चलचित्र कार्तिक तेश्रो हप्ताबाट छायांकनमा जानेछ । जय राज रोए र निशा खतिवडा निर्माता रहेको यो चलचित्र नेपाली र हिन्दी भाषामा बन्नेछ । भारतमा पनि चलचित्रको प्रदर्शनी गरिने निर्माता रोएले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप