शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इण्डो प्यासेफिकको बारेमा धेरै चिन्ता लिन आवश्यक छैन: परराष्ट्रमन्त्री ज्ञवाली

सोमबार, ०९ असार २०७६, १८ : २५
सोमबार, ०९ असार २०७६

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले इण्डो प्यासेफिकको बारेमा धेरै चिन्ता लिन आवश्यक नरहेको बताएका छन् ।  प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत परराष्ट्रमन्त्रालय शीर्षक माथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले यसबारे चिन्ता नलिन आग्रह गरे ।

इण्डो प्यासेफिक अमेरिकी परराष्ट्र नीति भएकाले उसको दृष्टिकोण र विश्लेषणबाट भन्दा पनि आफ्नो फाईदा के–के छन् भन्ने कुरा नेपाल स्वयमले छुट्याउन सक्नुपर्ने र त्यसमा नेपाल सक्षम भएकोले चिन्ता लिनु नपर्ने तर्क उनले गरे ।

उनले भने, ‘इण्डो प्यासेफिक अमेरिकी सरकारको नीतिको एउटा पक्ष हो । उसको प्रस्पेक्टिभ हो । उसको आउटलुक हो । उसले आफ्नो ढंगले संसारलाई राख्ने एउटा ग्लोबल पावर हुनुको नाताले विश्लेषण गर्छ । अर्को कुनै देशले पनि त्यसरी नै विश्लेषण गर्ला । हामीले हेर्ने भनेको के कुरा हाम्रो हितमा छ । राजहाँसले जस्तै दुध आफुले लिने र पानी छुट्याउने । नेपालसँग त्यो क्यापासिटी हुनुपर्छ । त्यो क्यापासिटी छ । त्यसो भएर यसमा धेरै तनाब नलिनका निम्ति म आग्रह गर्दछु ।’

उनले दक्षिण एसियाली क्षेत्रीय संहयोग संगठन सार्क सम्मेलनका सम्बन्धमा भने उनले सार्कका संयन्त्र क्रियाशील भइरहे पनि समिट हुन नसकेको उल्लेख गरे । समिटका लागि हस्तान्तरण गर्नेपर्ने व्यवस्था भएकाले सबै सदस्य राष्ट्रहरुको मतभेद अन्त्य नभइकन सम्मेलन गर्न नसकिने उल्लेख गरे । उनले बिआरआई मा नेपालले चीनसँग ९ वटा प्रस्ताव गरेको र ती प्रस्तावबारे सम्बन्धित मन्त्रालयले सक्ष्म ढंगले गृहकार्य गरिरहेको स्पष्ट पारे । 

उनले राजदूत नियुक्तिको स्पष्ट मापदण्ड भएको स्पष्ट पारे । नियुक्त भएर जाने मुलुकसँग स्वार्थ बाँझिने÷नबाँझिने, समावेशी र पदीय दायित्व निर्वाह गर्न सक्ने क्षमता हेरिने भन्दै मन्त्रालयले गरेको सिफारिस प्रति आफु विश्वस्त हरेको बताए । 

उनले सक्षम आर्थिक कुटनीतिकका लागि साधन र स्रोत पर्याप्त नभएको भएपनि क्षेत्रगत सम्भावनाको विषयलाई प्राथमिकतामा राखेर काम गर्न राजदूतहरुलाई निर्देशन दिने गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप