बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

११ वर्षीय बालकको सुसाइड नोट: मलाई कसैले माया गर्दैन

सोमबार, ०९ असार २०७६, १७ : ३८
सोमबार, ०९ असार २०७६

ललितपुर– ललितपुरको बाग्मती गाउँपालिका–२ माल्टास्थित ११ वर्षीय एक बालकले शनिबार राती ९ बजे सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् ।  कालिदेवी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत समिर लुङवाले घरपरिवार र विद्यालयका शिक्षक/शिक्षिकाबाट माया नपाएको भन्दै सुसाइट नोट लेखेर आत्महत्या गरेका हुन् । 

महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमुख डीएसपी राजकुमार खिउजुका अनुसार बालक समिरले आमा घरमा नभएको बेला एक सुसाइड नोट लेखेर आत्महत्या गरेको पुष्टि गरे ।  डीएसपी खिउजुले बालकले सुसाइड नोट लेखेर आत्महत्या गर्नुको कारणबारे थप अनुसन्धान भइरहेको र बालकको शव पोष्टमार्टमको लागि पाटक अस्पताल पठाइएको जानकारी दिए । 

बालकले लेखेको सुसाइड नोट  
‘मेरो नाम समिर लुङ्वा हो । म कक्षा ५ मा पढ्छु । मेरो रोल नम्बर ५ हो । आज म केही कुरा भन्न चाहन्छु । म धेरै दुखमा छु, मलाई कसैले माया गर्दैन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने र घरमा मलाई दाई भाउजुले हेँला गर्ने, कोही सर मिस त नहुने म तिनीहरुको नाम लेख्दै छु । 

सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म बिरामी हुँदा मलाई बिरामी भाको छैन भन्ने । म यति भन्दै बिदा माग्छु । म एघार बर्ष भएँ । म जन्मेको कार्तिक १४ गते हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप