बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गुठीको वैज्ञानिक व्यवस्थापन आवश्यक छ: मुख्यमन्त्री पोखरेल

सोमबार, ०९ असार २०७६, १७ : ३०
सोमबार, ०९ असार २०७६

बुटवल– पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गुठी सम्बन्धि व्यवस्थापनको जिम्मा संविधानत प्रदेश सरकारको एकल सूचीमा रहेको भन्दै यसमा केन्द्र सरकारमा बहस हुन आवश्यक नभएको बताएका छन् ।
उनले गुठी सम्बन्धि स्पष्ट रुपमा नै संविधानले प्रादेशिक सरकारलाई अधिकार दिएको भन्दै यसमा सरकारले नै स्पष्ट रुपमा प्रदेश सरकारलाई व्यवस्थापनको लागि जिम्मा दिनुपर्ने धारणा राखे ।   मुख्यमन्त्री शंकर पोखरेलले गुठीको वैज्ञानिक वर्गीकरण आवश्यक रहेको भन्दै त्यसलाई आवश्यकताअनुसार वर्गीकरणतर्फ लाग्नु उपयुक्त भएको बताए ।

धार्मिक, सामािजक, साँस्कृतिक गुठीको अन्तर सबैले बुझ्नु आवश्यक रहेको भन्दै मुख्य मन्त्री पोखरेलले गुठीको जमिन अतिक्रमण हुन बाट जोगाउनुसबैको दायित्व भएको  धारणा राखे । गुठीको जग्गा तथा सम्पत्ति धेरै तर आम्दानी थोरै रहने अवस्था नहन नहुने भन्दै मुख्यमन्त्री पोखरेलले यसको व्यवस्थापनमा पारदर्शिता र न्यायिकता आवश्यक रहेको बताए ।

गुठीहरु निर्वाध रुपमा सञ्चालन हुन पाउनुपर्ने भन्दै उनले न्यायसम्मत किसीले व्यवस्थापनको खाँचो रहेको बताए । गुठीको जगर्ने गर्ने दायित्व सबैको रहेको मन्दै मुख्य मन्त्री पोखरेलले गुठी संरक्षणको उदेश्यमा बाधापुग्ने गरी भन्दा पनि संरक्षणमा अनुकुलता हुने गरी व्यवस्थापन गरिने जानकारी दिए ।

कुनै धार्मिक स्थाल, मठ, मन्दिर तथा अन्य कुनै पनि गुठीबाट सञ्चालनमा रहेका निकायहरुको संरक्षण प्रर्वद्धन गर्ने दायित्व प्रदेश सरकारको रहेको भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारको मातहतमा संविधान तह राखिएको कुरामा अनावश्यक रुपमा बहस आवश्यक नभएको बताए ।

कार्यक्रममा बोल्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले केन्द्र सरकारले गुठी व्यवस्थापन सम्बन्धी कानून निर्माण प्रक्रियामा रहेको भन्दै सोहीअनुसार नै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने बताइन् ।

उनले प्रदेश सकरारले बनाउँदै गरेको गुठी सम्बन्धित ऐन निर्माण गर्दा प्रादेशिक छलफलबाट आएका सुझावहरुलाई समेटर मात्रै प्रदेश सरकारले कार्य गर्ने बताईन् ।  उनले भनिन्– ‘हामी दस्तावेजको रुपमा प्रादेशिक गुठी ऐनमा  छलफलको विषय समेट्छौ ।’

कार्यक्रममा गुठी विज्ञ, गुठी संस्थान सञ्चालक समितिका पूर्व अध्यक्ष लक्ष्मण ज्ञवालीले ‘गुठीको संवैधानिक व्यवस्था र ससमाजिक टिप्पणी’ गरेका थिए । उनले  गुठीको परिचय, गुठी संस्थानको काम कर्तव्य, गुठीको वर्गीकरण,गुठी सञ्चालनका अभ्यास तथा अवधारणाको विषयमा मन्तव्य समेत राखेका थिए ।  यस्तै गुठी विज्ञ तथा पूर्व सह प्रशाशक, गुठी संस्थानका हेमराज सुवेदीले गुठीको परिचय, महत्व, कानुनी प्रवधान’को विषयमा कार्यप्रत्र प्रस्तुत गरको थिए ।

यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का सचिव बैकुण्ठ अधिकारीले गुठी संस्थानका गतिविधिहरु, गुठीयार र तीन तहको सकाररको  अन्तरसम्बन्ध’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप