शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘राजनीतिलाई सहि आकार दिन विज्ञहरुबीच बहस आवाश्यक’

सोमबार, ०९ असार २०७६, १७ : ०७
सोमबार, ०९ असार २०७६

काठमाडौँ– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोख्रेलले राजनीतिलाई सही आकार दिने विषयमा विज्ञहरुबीच राष्ट्रिय बहस हुनुपर्ने बताएका छन् । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६२ औ बार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले साहित्यले पनि राजनीतिलाई सघाउनुपर्ने पनि बताए । 

उनले राजनीतिको अस्थिपञ्जरमा मांसपेसी टाँसिए जसरी साहित्य क्षेत्रका विज्ञहरुले सघाउनुपर्ने आवश्यकता औंल्याए ।  ‘सही राजनीतिको स्केलेटनमा आवश्यकताअनुसार विज्ञताको मांसपेशी भरेर सम्मृद्धिको सुन्दर तस्विर बनाउनु जरुरी छ ।

यो काममा राजनीति क्षेत्रका विज्ञता राख्नुहुने प्राज्ञ व्यक्तित्वहरु सबैले एकताबद्ध भएर यो अभियानमा लाग्नु जरुरी छ’ मन्त्री पोखरेलको भनाई छ ।  कार्यक्रममा प्रतिष्ठानमा २५ बर्ष कार्यरत कर्मचारीहरुलाई २५ हजार नगद रुपैयाँ सहित सम्मान गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप