शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चेन्नईमा पानीको हाहाकारः अस्पतालदेखि कलकारखाना, विद्यालयसम्म प्रभावित

सोमबार, ०९ असार २०७६, १३ : १९
सोमबार, ०९ असार २०७६

प्रसव पीडापछि जब मंजुला श्रीधरलाई चेन्नईको एक अस्पतालको अपरेशन थिएटरमा लगियो तब डाक्टरले पानीको अभावका कारण शल्यक्रियामा ढिलाइ हुने बताएपछि उनकी आमा डाक्टरसँग झगडा गर्न थालिन् ।

सानी छोरीलाई काखमा बोक्दै मंजुलले सरकारी अस्पतालमा रत्तिभर पनि पानी नभएकाले ट्याङ्कर नआएसम्म कुर्नुपर्ने डाक्टरले भनेको  झल्झल्ती सम्झिन्छिन् ।

‘हामीलाई घरमा समस्या छ, अस्पतालमा पनि समस्या छ । हामीले आफ्नै सरकारलाई कसरी विश्वास गर्ने ?’ श्रीधरले भनिन् ।

तमिलनाडुको राजधानी चेन्नई यतिबेला आफ्नो सबैभन्दा गहिरो जलसंकटसँग जुधिरहेको छ ।

प्रत्येक बिहान यहाँका हज्जारौं मानिस घरका रित्तो भाडा भर्न घण्टौं लाइन बस्छन् ।

कतिले रासनको कोटाबापत् दैनिक पानी पाउँछन् भने कतिले हप्ताको एकपटक मात्र पाउँछन् । उक्त पानीले भाँडा माझ्छन् । भाँडा माझेको पानी अर्कोपटक भाँडै माझ्न प्रयोग गर्छन् । केही सफा पानी सञ्चित गरेर खाना पकाउँछन् ।

मानिसको दैनिकी त निकै गाह्रो छ तर शहरको महत्वपूर्ण सेवाले यसको सबैभन्दा धेरै मार खेपिरहेका छन् जस्तै अस्पताल, कल–कारखाना र विद्यालयहरु ।

शहरका प्रसुती गृहले दैनिक सयौंको संख्यामा आउने आफ्ना सेवाग्राहीलाई सेवा  दिन नसकिरहेको अवसस्था छ ।

‘सरकारी अस्पताल कस्तुर्ब गान्धी अस्पतालमा पानीको समस्या यति धेरै छ कि अपरेशन थिएटरका उपकरण सफा गर्न समेत पाइएको छैन,’ प्रसुती वार्डकी ३० वर्षे नर्स प्रेमाले भनिन् ।

‘मैले यस्तो समस्या कहिले पनि देखेकी थिइनँ । हाम्रोजस्ता साना अस्पताललाई कसैले पनि महत्व दिँदैनन्,’ उनले भनिन् ।

पानीको हाहाकारका कारण त्यहाँका कलकारखाना बन्द गरिएका छन् । उनीहरुसँग समस्या कहिले हट्ला भनेर प्रतिक्षा गर्नुबाहेक कुनै विकल्प छैन ।

चेन्नईको पेन्थुवन रोडका साना रेष्टुरेन्ट केही हप्ता अघिदेखि बन्दै छन् । रेष्टुरेन्ट व्यावसायी काथिरले दुई हप्तादेखि आफूले रेष्टुरेन्ट बन्द गरेको जानकारी दिँदै उनले दैनिक पाँच हजार गुमाइरहेको बताए ।

चेन्नईलाई पानी प्रदान गर्ने चार जलाशय लगभग सुकिसकेको छ । केही वर्षयता जमिन मुनीको पानीमा पनि निकै कमी आएको छ ।

‘जलाशयमा पानी निकै कम हुनु र कम वर्षाका कारण चेन्नईमा पानीको हाहाकार भइरहेको छ,’ तमिल नडुका मुख्यमन्त्री एडापाडी के.पालानिस्वामीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप