शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अस्पतालमै छोइछिटो, नर्सको गुनासो प्रशासनले सुनेन

सोमबार, ०९ असार २०७६, १३ : ०१
सोमबार, ०९ असार २०७६

श्याम रानामगर
 

पोखरा — यदी तपाईंमाथि कसैले दुर्व्यवहार गर्न खोज्यो भने कस्तो महशुस गर्नुहुन्छ ? अझ आफू कार्यरत संस्थाका सहकर्मी नै मिलेर तपाईंमाथि खनिए उपाय के होला ? त्यसमाथि नेपाली समाजले छुट्याइदिएको दलित भएकै कारण दुव्र्यवहार सहनु पर्दा कस्तो होला ? पक्कै यस्ता घटना कसैको लागि क्षम्य हुँदैन । 

पोखरा महानगरपालिकाको अस्पतालमा कार्यरत एक नर्समाथि दलित भएकै कारण अपहेलित हुनू परेको छ । फेवा सिटी अस्पतालमा कार्यरत पोखरा १५, रामबजार निवासी शान्ती परियारले आफू दलित भएकै कारण सहकर्मीबाट विभेद सहनु परेको गुनासो गरेकी छिन् । 

अस्पतालमा कार्यरत सहकर्मीले छुट्टै फेसबुक गु्रप बनाएर आफूमाथि अभद्र व्यवहार गरेको बताएकी छिन् । ‘मलाईं त थाहा थिएन । उहाँहरुको मात्र फेसबुक गु्रप बनाएर जात जनाउँने तथानाम अपशब्द प्रयोग गरिएको रहे छ,’ उनले भनिन्, ‘अस्पतालकै एक स्टाफले म्यासेज देखाएपछि थाहा पाए ।’

आफूमाथि भएको दुव्यवहार लिएर शान्ती अस्पताल प्रशासनलाई गुहार्न पुगिन् । तर, प्रशासनले उनलाई न्याय दिलाउनुको साटो कुरा लम्बाएर उनलाई नै गलत देखाउने प्रयास गरेको उनी बताउँछिन् । ‘पहिले त आफूमाथि विभेद भएको कुरा अस्पताल प्रशासनलाई राखे,’ दुखेसो पोख्दै उनले भनिन््, ‘प्रशासनबाट न्याय दिनुको सट्टा उल्टै कुरा लम्बाएर ‘सरी’मा मात्र सिमित राख्न खोजियो । भनौं न मलाईं नै नेगेटिभ देखाउँने प्रयास भयो ।’ कर्मचारी युनियमा कुरा राख्दा समेत केही रेस्पोन्स नआएको उनले सुनाइन् । 

यसअघि २ पटकसम्म प्रशासनमा छलफल भए पनि आफूले न्याय पाउँन नसकेको उनको गुनासो छ । केबल सामान्य ‘सरी’मा टार्न खोजेको र आफूलाई सो कुरा मान्य नहुने उनको भनाई छ । 

गएको जेठ १७ मा अस्पताल प्रशासनलाई उनले उजुरी दिएकी थिएन् । आइतबार पत्रकार सम्मलेनको आयोजना गरेरै उनले आफूमाथि भएको दुव्यवहारबारे जानकारी दिएन् । ‘संस्थाको बद्नाम गर्ने नियत मेरो छैन । सकेसम्म मिलेरै जाऔं भनेको हो । समय पनि दिएको हो,’ उनले भनिन्, ‘माफी दिन लायक त्यस्तो केही नआएपछि बाध्य भएर सार्वजनिक गर्दै छु ।’ 

शान्ती विगत १९ वर्षदेखि सोही अस्पतालमा कार्यरत छिन् । नेपाल सरकारले ०६३ जेठ २१ मा जातिय छुवाछुतमुक्त राष्ट्रको घोषणा गरि सकेको छ । तर, पनि विभिन्न बाहानामा विभेद हुने गरेको उनले सुनाइन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप