बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काउन्टिन्होलाई अनुबन्ध गर्न बार्सिलोनाका अधिकारी बेलायत जाँदै

बुधबार, २५ साउन २०७४, ११ : २६
बुधबार, २५ साउन २०७४

लण्डन । बार्सिलोनाले यो हप्ताको अन्त्यसम्ममा लिभरपुलका स्टार प्लेमेकर फिलिपे काउन्टिन्होलाई अनुबन्ध गर्ने तयारी गरेको छ ।

स्पेनिस क्लबले काउन्टिन्होलाई १० करोड पाउण्डमा क्याम्प नाउमा भित्र्याउनका लागि तीन सदस्य डेलिगेसनलाई लण्डन पठाउन लागेको हो ।

आइतबार रियल म्याड्रिडविरुद्ध हुने स्पेनिस सुपर कपको फाइनलअघि नै काउन्टिन्होलाई अनुबन्ध गर्ने तयारी बार्सिलोनाले गरेको बताइएको छ । यसका लागि ओसकार ग्राउ, राउल सानलेही र ह्याभियर बोर्डास बेलायत जानेछन् ।

नेयमारलाई पेरिस सेन्ट जर्मेन १९.९ करोड पाउण्डमा बिक्री गरेपछि बार्सा उक्त रकमले काउन्टिन्होलाई अनुबन्ध गर्ने तयारी गरेको छ । 

२५ वर्षीय काउन्टिन्होले प्रशिक्षक जर्गन क्लप र लिभरपुलका अधिकारीहरुलाई आफूले क्लब छाड्न बताइसकेको स्पेनका अखबारहरुले दाबी समेत गरेका छन् ।

सन् २०१३ को जनवारीमा लिभरपुल भित्रिएका काउन्टिन्होले क्लबका लागि ३४ गोल तथा २९ एसिस्ट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप