मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

खल्तीबाट शिक्षक नियुक्ति गर्ने कार्य बन्द गरिनुपर्छः शिक्षामन्त्री

सोमबार, ०९ असार २०७६, ११ : ३७
सोमबार, ०९ असार २०७६

भक्तपुर – शिक्षामन्त्री गिरिराजमणि पोखरेलले स्थानीय तहले आफ्नो खल्तीका मानिसलाई शिक्षक नियुक्ति गर्ने परम्परा बन्द गर्नु पर्ने बताएका छन् । 

सोमबार चाँगुनारायण नगरपालिकाको स्थानीय पाठ्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भने, ‘हामी केही समयपछि स्थानीय तहमा शिक्षक पठाउँदै छौं । तर केन्द्र सरकारले पठाएको शिक्षकले सबैमा नपुग्न सक्छ, त्यसैले शिक्षक नियुक्ति गर्दा गुणात्मक शिक्षक नियुक्तिमा ध्यान दिनु जरुरी छ ।’

नेपालमा प्रावधिक विषय पढ्ने विद्यार्थीको संख्या नौ प्रतिशत मात्र भएकाले यसलाई वृद्धि गर्नु पर्ने पनि शिक्षामन्त्री पोखरेलको जोड छ । 

कार्यक्रममा भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलगायतले स्थानीय पाठ्यक्रम लागू भएपछि विद्यार्थीको शैक्षिक ज्ञान वृद्धिमा मद्दत पुग्ने बताए । 

यो अवरसमा नगरपालिकाको स्थानीय पाठ्यक्रम ‘हाम्रो चाँगुनारायण’ सार्वजनिक गरिएको थियो ।  जुन कक्षा ६, ७ र ८ मा लागू हुने नगरप्रमुख मिश्रले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप