शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुरु भयो रोपाईँ : पानी र मलको भने सधैँ चिन्ता (फोटोफिचर)

सोमबार, ०९ असार २०७६, ११ : २६
सोमबार, ०९ असार २०७६

भक्तपुर । असार महिना सुरु भएसँगै भक्तपुरमा रोपाईँ गर्न थालिएको छ । यद्यपि पर्याप्त वर्षा नहुँदा किसानले समयमै रोपाईँ सक्न सकिरहेका छैनन् । 

केही वर्ष अगाडिसम्म जेठ महिनाको अन्तिम सातासम्म धेरै रोपाई भइसक्ने भएपनि पर्याप्त वर्षा नभएकै कारण उल्लेख्य रोपाईँ हुन नसकेको हो । 

वर्षातको समय भएपनि पर्याप्त पानी नपरेका कारण समस्या भएको चागुँनारायण नगरपालिका झौखेलका किसान भरतप्रसाद शभार्ल बताए ।

झौखेलका अर्का किसान दीपक दाहालले सामान्य तथा धानको विउ राखेको २० दिन पछि रोप्न मिल्ने भएपनि आकाशबाट परेको पानीको भरमा हुने रोपाई रोकिएको बताए । यस्तै किसानहरुले राेपाइँ सुरु हुँदा सम्म मलकाे अभाव भएकाे भन्दै चिन्ता जनाएका छन् ।  ‘रोपाईको समयमा सधै मल र काम गर्ने खेतलाको अभाव हुदाँ वर्षेनी हामीले समस्या भोग्दै आएका छौं, ’ दाहालले भने । 

अहिले रोपाईँको शैली पनि बदलिएको छ । विगतमा रोपाईँमा गोरुको प्रयोग हुनेमा पछिल्लो वर्षहरुमा गोरुको प्रयोगलाई ट्याक्टरले विस्थाापित गरिदिएको छ । 

भक्तपुरको नगरकोट, बागेश्वरी, सुडाल, ताथली, सिपाडोल, झौखेल, भक्तपुर नगरपालिका, मध्यपुरनगरपालिका लगायतका केहि स्थानहरुका किसानले विउ राखेको लामो समय भएकाले पानी तानेर भएपनि रोपाई गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप