बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्हीनन्दन गाउँपालिकामा ६७ विगाहा सार्वजनिक जग्गा अतिक्रमण

सोमबार, ०९ असार २०७६, ०९ : २८
सोमबार, ०९ असार २०७६

परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले गाउँपालिकाभित्र अतिक्रमण भएका सार्वजनिक जग्गाहरुलाई खाली गराई आफ्नो स्वामित्वमा ल्याउने योजना बनाएको छ ।

साविक गाविस हुँदा बखत नै अतिक्रमणमा पर्दै आएका सार्वजनिक जग्गाहरुलाई खाली गराउने र सो जग्गाको संरक्षण गर्दै व्यवस्थापन गर्न गाउँपालिका एक ठोस योजना बनाई अगाडी बढिरहेको गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले जानकारी दिए ।

अध्यक्ष गुप्ताले भने, ‘‘जनप्रतिनिधि आउनुभन्दा पहिलादेखि नै अतिक्रमण हुँदै आएका सार्वजनिक जग्गालाई हामी गाउँपालिकामा आएपछि कडाईका साथ रोक्ने कार्य ग¥यौँ । गाउँपालिकाभित्र रहेको सार्वजनिक जग्गाको तथ्याङ्क संकलन गरि अतिक्रमण भएको यकिन ग¥यौँ ।’ अब उक्त अतिक्रमणित जग्गालाई खाली गराई संरक्षण तथा व्यवस्थापन तर्फ वृहद योजना बनाएर अगाडी बढने अध्यक्ष गुप्ताले जानकारी दिए ।

हाल पाल्हीनन्दन गाउँपालिका साविकको रम्पुरवाँ, हरपुर, कुश्मा, पाल्ही, गेरमी र सनई गरि ६ वटा वडा मिली बनेको छ ।

यहि असार ५ गते भएको गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा सार्वजनिक जग्गा अतिक्रमण बढयो विषयमा उठेको प्रश्नको जवाफ दिँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले, गाउँपालिका क्षेत्रभित्र कुल २३९ विगाहा १४ कट्टा र ९ धुर सार्वजनिक जग्गा रहेको तथ्याङ्क प्रस्तुत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने, ‘ती सार्वजनिक जग्गा मध्ये कतै व्यक्तिले जोतभोग त कतै समुदायले मठमन्दिर, गुम्बा र कबरिस्तानको रुपमा ६७ विगाहा १९ कट्टा १४ धुर जग्गा पुर्ण रुपले अतिक्रमण गरिसकेको जानकारी दिए । उनले भने, ‘राजनीतिको आँडमा जिल्लाकै ऐतिहासिक नन्दन तालको ८२ विगाहा क्षेत्रफल पनि अतिक्रमण भैसकेको छ ।’

गाउँपालिका आउनुभन्दा पहिला स्थानिय जनताले आफनो मनोमानी ढंगबाट संरक्षणविहीन रहेको सार्वजनिक जग्गालाई अतिक्रमण गर्दै अस्थायी संरचना बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप