सम्बन्धविच्छेदको मुद्दा चलिरहेका बेला श्रीमानले ८ अर्ब बढीको चिट्ठा जिते, श्रीमतीलाई आधा दिन अदालतको निर्देशन
अमेरिकाको मिशिगनमा बस्ने रिचार्ड डिक जेलास्को त्यतिबेला अत्यधिक खुसी भए जब उनले ८० मिलियन डलर (८ अर्ब ८४ करोड रुपैयाँ) को चिट्ठा जिते । तर अब अदालतले उक्त राशीको आधा हिस्सा उनले श्रीमतीलाई पनि दिनुपर्ने निर्देशन दिएको छ । चिट्ठा पर्ने बेला दम्पत्तीको सम्बन्धविच्छेदको मुद्दा चलिरहेको थियो ।
यो निर्णयविरुद्ध रिचार्डका वकिलले ‘रिभ्यु पिटिशन’ दर्ता गरेका छन् । यसमा चिट्ठा पर्नु रिचको भाग्य बताउँदै यो श्रीमतीसँग बाँड्नु पर्ने निर्णय पूर्ण रुपमा गलत हो भन्ने तर्क दिइएको छ । वकिलले यदि अदालतले आफ्नो निर्णय परिवर्तन गरेन भने आफूहरु सर्वोच्च अदालतको ढोकासमेत ढक्ढकाउने बताएका छन् ।
रिचार्डको विवाह सन् २००४ मा मेरी बेथ जेलास्कोसँग भएको थियो । दम्पत्तीका तीन सन्तान छन् । सन् २०१३ मा जब रिचर्डलाई चिट्ठा पर्यो तब उनीहरुको सम्बन्धविच्छेदको मुद्दा चलिरहेको थियो । त्यतिबेला अदालतको आदेशमा यी दुई विगत दुई वर्षदेखि अलग बसिरहेका थिए ।
मध्यस्तकर्ता जोन मिल्सले चिट्ठाको उक्त रकम रिचले श्रीमतीलाई पनि दिनुपर्ने बताएपछि रिचका वकिलले भने, ‘रिच भाग्यमानी थिए, यो उनको भाग्य थियो, मेरीको होइन ।’
तर जोन मिल्सले उक्त टिकट वैवाहिक सम्पत्ति भएको बताए । यो जोडीले मिल्सले सम्बन्धविच्छेदको प्रक्रियामा केही निर्णय गर्नसक्ने सहमती गरेका थिए ।
सन् २०११ मा सम्बन्धविच्छेदको निवेदन दिएका यो जोडीको सन् २०१८ मा मात्रै अन्तिम निर्णय भएको एपीले बताएको छ ।
कोर्टमा पेश गरिएको दस्तावेज अनुसार विभिन्न कटौती पछि चिट्ठाको रकम ४ अर्ब २९ करोड रुपैयाँ हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा