शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विषादी परिक्षणपछि नेपाल भित्रिने सयौं गाडी भन्सारमा ठप्प, करोडौ रुपयाँको तरकारी र फलफुल कुहियो

आइतबार, ०८ असार २०७६, १९ : ३०
आइतबार, ०८ असार २०७६

सरकारले विदेशबाट आयत हुने आलु, प्याजलगायत तरकारीजन्य वस्तुमा विषादी परिक्षण गरेर ल्याउने प्रावधान लागु गरेपछि भैरहवा भन्सार कार्यालयमा ३ दिनदेखि सयौं गाडी रोकिएका छन् ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयको परिपत्रअनुसार यतिबेला भन्सार कार्यलयले विषादी अवशेष परिक्षण नगरेसम्म तरकारीजन्य पदार्थको भन्सार गरेका छैनन् । शुरुमा भैरहवा भन्सार कार्यालय परिक्षण पत्र आएपनि शुक्रबारदेखि  देशभरका भन्सार कार्यालयमा रोकिएका छन् ।

जसको कारण शुक्रबारदेखि नेपालमा आलु, प्याजलगायत तरकारी र फलफूल भित्रिएको छैन । भन्सार गाडी दिनसम्म राख्दा फलफुल तरकारी कुहिएको छ । भैरहवा भन्सारबाट मात्रै दैनिक तरकारीको ३५ भन्दा बढी गाडी र फलफूलको ३० भन्दा बढी ट्रकहरु भित्रिँदै आएको छ ।

बाणिज्य तथा आपूर्ति मन्त्रालयको भैरहवा मंगलबारको परिपत्र अनुसार विषादी छैन भनि प्रमाणित गरेको प्रमाण भएमा मात्रै भन्सार पास गर्ने भन्ने निर्देशानुसार उक्त प्रमाणपत्र नलिएकाहरुको भन्सार नगरिएको भैरहवा भन्सार कार्यलयका सूचना अधिकृत कलिराम पौडेलले बताए ।

क्वरेन्टाईनले बिषादी चेकजाँच गरी विषादी छैन भनी प्रमाणपत्र दिएपछि मात्रै भन्सार हुने नियम मंगलबारदेखि लागू भएको हो । अहिलेसम्म कृषि सुधार शुल्क ५ प्रतिशतमा भारतबाट दैनिक पचासौं गाडी तरकारी भैरहवा भन्सारबाट मात्रै नेपाल भित्रिरहेको थियो ।

बेलहियामा रहेको प्लान्ट क्वारेन्टाईनले विषादी अवशेष परिक्षणको विषयमा आफूलाई कुनै पनि किसिमको निर्देशन नआएको बताएको छ ।

उक्त कार्यलयका प्रमुख विष्णप्रसाद काफ्लेले भने, ‘यो विषयमा भन्सारसँग बैठक भएको थियो । उन अनुसार क्वारेन्टाईनमा अवशेष परिक्षणको उपकरण छैन् । बुटवल कृषि उपज थोक बजार केन्द्रमा रहेको उक्त प्रयोगशाला बन्द भएको करिव ६ महिना भएको छ । पहिलो बुटवलमा परिक्षण गर्ने गरिन्थो ।’

लुम्बिनी फलफुल तथा थोक व्यवसायी संघका अध्यक्ष केशव कुँवर रातोपाटीसँग भन्सारमा रोकिँदा तरकारी सड्ने भएपछि व्यपारीहरुले उक्त गाडीहरु भारत फर्काउने कि के गर्ने भन्ने अलमलमा परेका बताए । 

तरकारी र फलफुल मुल्यवृद्धि

नेपालकै दोस्रो ठूलो भन्सार नाका हो भैरहवा  हो । जहाँ दैनिक ७० ट्रक फलफुल  र तरकारी भित्रन्छ । अहिले रोकिएपछि नेपाली उत्पदानले बुटवल आसपसको बजार धान्न सकेको छैन् । जसका कारण बाँकी रहेका तरकारी र फलफुलमा म्ुल्यबृद्धि भएको छ ।

लुम्बिनी फलफुल तथा थोक व्यवसायी संघका अध्यक्ष केशव कुँवरका अनुसार अहिले तरकारी र फलफुलको माग धेरै आपुर्ति कम भएका कारणले वृद्धि भएको बताए । उनका अनुसार भारतबाट अहिले आउने आँप, केरा र हरियो तरकारीमा ३० प्रतिशत वृद्धि भएको छ ।

प्रयोगशाला बिना निर्देशन

भैरहवामा रहेको पशु क्वारेन्टाईनमा नाम मात्रैको प्रयोगशाला छ । जुन सामान्य परिक्षण हुन्छ । बुटवलमा रहेको विषादी अवशेष दुत्र विश्लेषण ईकाई (प्रयोगशाला) बन्द  भएको ६ महिना जति भयो ।

बुटवलमा  कर्मचारी अभावको कारण बन्द हो ।  जसले पहिला नियमित रुपमा विषादीको अवशेष विश्लेषण गरी के कती मात्रामा विषादी प्रयोग गरिएको छ भन्ने विषयमा जानकारी दिँदै आएको थियो ।    

बुटवल र भैरहवा अहिले चाहेर पनि  बिषादीको चेकचाँज गर्न सक्ने अवस्था छैन् । ि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप