प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम विजयी
कञ्चनपुर– कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको पाँचौँ दिनको पहिलो खेलमा सुदूरपश्चिम विजयी भएको छ । आज यहाँस्थित क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश नम्बर ५ लाई ५१ रनले पराजित गरेको छ ।
प्रदेश नम्बर पाँचले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको थियो । सुदूरपश्चिमले १६ दशमलव एक ओभरमा अलआउट हुँदै १०१ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कविता कुँवरले उत्कृष्ट प्रर्दशन गर्दै जितका लागि योगदान दिइन् ।
पच्चीस बलको सामना गरेकी कविताले आठ चौकासहित ४३ रनको योगदान गरिन् । त्यस्तै कविता जोशीले १९, रेवती धामीले नौ, निशा भट्टले आठ, मञ्जु बोकटी चार र टिम कप्तान जानकी भट्टले १० बलमा एक रन मात्रै बनाइन् ।
प्रदेश नम्बर ५ का लागि नेरी थापा र अलिसा केसीले तीन÷तीन विकेट लिए पनि टिमलाई जित दिलाउन सकेनन् । एक सय एक रनको लक्ष्य पाएको प्रदेश नम्बर ५, १६ ओभरम ५० रनमै अलआउट हुन पुग्यो । प्रदेश नं ५ का लागि लक्ष्मी चौधरीले नटआउट १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।
सुदूरपश्चिमका लागि कसिलो बलिङ गर्ने क्रममा टिम कप्तान जानकी भट्टले चार रन खर्चेर तीन विकेट लिइन् । त्यस्तै कविता कुँवर, सुनम विष्ट र लक्ष्मी साउदले समान दुई÷दुई विकेट लिए । उक्त प्रतियोगितामा प्लेयर अफ द म्याच कविता कुँवर घोषित भइन् । आजको दोस्रो खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र गण्डकी प्रदेशबीच हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो सातामा ‘महाजात्रा’
-
स्वास्थ्य सेवा अन्तर्गतका ११ जना अधिृकतलाई बढ्वा गर्ने सरकारको निर्णय
-
संसद् अवरोध हटाउन दलहरूबिच छलफल हुन्छ : सभामुख घिमिरे
-
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठको निर्देशन
-
इलाम-२ मा रास्वपाको उम्मेदवारी घोषणा शनिबार
-
सर्वोच्चद्वारा कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा