केन्द्रीय संस्करण

कथा : व्यारेकको एउटा जवान

person explore access_timeअसार ७, २०७६ chat_bubble_outline1

-बलबहादुर थापा मगर

आर्मीको ब्यारेक अगाडि ठूलो घर छ । ४ तले । ढलान घर । सेतो रङले पोतिएको । त्यही घरको दोस्रो तलामा ऊ बस्छे । छोरी पढाउनका लागि बसेकी । भाडामा । लोग्ने इन्डियन आर्मी हुन् । वर्षमा मुस्किलले एक पटक छुट्टी आउँछन् । बुढाले घर पठाउन ठुलै कोसिस गरेको हो । मानिनँ । गाउँमा दुःख कसले गर्छ  ? लोग्नेले कमाइहाल्छ । लोग्नेको कमाइमा मोज पर्न पाएका स्वास्नीहरु गाउँ कहाँ फिर्नु ? सासूससुराले घर बोलाकै हुन् । लोग्नेको कुरा नमान्नेले अरूको के सुन्थी । ३, ४ वर्ष भइसक्यो ऊ घर नगएकी । कहिले काहीँ नातिनीलाई देख्न मन लागे बुढाबुढी सहर झर्थे । बुहारीको बेहोरा त्यस्तै हो । उनीहरुलाई कहिल्यै आफ्नो ठानिनँ । बुढाबुढी खिस्रिक्क हुन्थे । अनि गाउँ फर्किहाल्थे । 

आर्मी व्यारेकमा एउटा जवान छ । घर पश्चिम भन्थ्यो । जिउडाल सर्कलक्क मिलेको । ठूला–ठूला पाखुरा । पुक्क उठेको छाती । सिक्स प्याकको पेट । जो कोही ऊ देखि फिदा हुन्थे । केटाहरु जिस्क्याउँथे । लाउरेको बुढीले खुब साइड हान्छ नि ?’ ऊ नसुनेझैँ गथ्र्यो । हुन त यी दुईको बोलाचाल नभएको हैन । कहिले काहीँ भेटेमा बोल्थे । तर वास्ता गर्दैनथ्यो । 

शुक्रबारको दिन ऊ आउटमा निस्कियो । दैव संजोग भनौँ । दुवैको भेट भयो । यसपालि लामै कुरा गरेँ । अप्ठ्यारो मानेरै फोन नम्बर साटसाट गरेँ । भोलिपल्ट ऊ ब्यारेक गयो । आफ्नो नियमित काम गर्न थाल्यो । केटीले फोन गर्थी । ऊ वास्ता गर्दैनथ्यो । अनि ऊ म्यासेज गर्थी । अति नै भएपछि ऊ फोन उठाउँथ्यो । बिस्तारै बोलाचल हुन थाल्यो । कहिले फोनमा । कहिले म्यासेन्जरमा  । कहिले इमोमा । उनीहरु खुबै कुरा गर्न थालिसकेका थिए । कहिलेकाहीँ त रातको १२, १ नै बज्थ्यो । उसले नोकियाको मोबाइल छाडेर आइफोन बोक्न थालेको थियो । त्यो पनि उसैले दिएकी । बुढाले उसका लागि पठाइदिएका हुन् । केटोले झ्याप पारिहाल्यो । केटोलाई मोज नै थियो । मोबाइलमा ब्यालेन्स उसैले हाल्दिन्थी । पैसाको खाँचो परे उसैले दिन्थी । 

दुवैको हिमचिम बढ्दै गयो । उनीहरु भेट गर्न थाले । कहिले होटलमा । कहिले पार्कमा । कहिले कोठामै । घरबेटीले थाहा नपाएको होइन । धेरै पटक यस्तो नगर्न भन्थे । तर उनीहरु वास्ता गर्दैनथै । दुवैले आफ्ना घरपरिवार बिर्सिन थाले । जे नहुनुपर्ने थियो । त्यो पनि हुन थाल्यो । केटो बारबार कोठामा आउन थाल्यो । उनीहरु जिस्किन्थे । मस्किन्थे । हासी मजाक गर्थे । मानौँ, उनीहरु बुढाबुढी नै हुन् । लोग्ने स्वास्नीमा हुनै काम सबै हुन्थ्यो । एक दिन घरबेटीले दुवैलाई आपत्तिजनक अवस्थामा भेटे । उनलाई असह्य भयो । प्रहरी बोलाएर जिम्मा लगाई पठाइदिए ।  

भोलिपल्ट प्रहरी कार्यालयमा दुवै पक्षका अभिभावकलाई बोलाइयो र छलफल गर्न भनियो । लामै छलफल भयो । कति पटक भनाभन भयो । कति पटक कुटाकुट नै हुन थाल्यो । केटो घोसेमुस्टो लगाइरहन्थ्यो । केटी चर्किंदै बोल्थी । सासूससुरा नातिनी लान पाए हुन्थ्यो भन्ने चाह राख्थे । प्रहरीलाई  पटक पटक अनुरोध गर्थे । बुहारीलाई केही भन्न सक्दैनथे । धेरै पटक प्रहरीले समन्वयकारी भूमिका खेले । धेरै समयपछि नेपाली कागजमा सहीछाप गरियो । 

कागजमा छलफलको निर्णय लेखिएको थियो । ‘केटीले लाहुरेलाई डिभोर्स दिने । लाहुरेले क्षतिपूर्ति बापत आधा अंश दिने । छोरी केटीले नै लान पाउने । केटा केटीले एक आपसमा लोग्ने स्वास्नी स्वीकार्ने ।’

बागलुङ–१०, भकुण्डे अर्भक, 

 

कमेन्ट

  1. June 24, 2019, 5:17 p.m. Prem chaudhary
    Reality.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...