मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘बादशाहो’ को इन्टिमेट दृश्यमा बोले अजय, ‘हामीले पोर्न फिल्म बनाएका होइनौं’

बुधबार, २५ साउन २०७४, ०९ : ५२
बुधबार, २५ साउन २०७४

अजय देवगनको नयाँ फिल्म ‘बादशाहो’ को ट्रेलर केही दिन अघि रिलिज गरियो । फिल्मका केही इन्टिमेट र किसिङ सीन पहिलेदेखि नै चर्चामा छन् । ट्रेलर लञ्चिङको मौकामा जब फिल्म निर्मातालाई सेन्सर बोर्डमा पठाउनुपूर्व नै यसबाट किसिङ सीन हटाइएको हो भनेर सोध्दा अजयले भने, ‘यो वास्तविकता होइन । हामीले कुनै पोर्न फिल्म बनाएका होइनौं ।’ स्मरण रहोस्, फिल्ममा अजय देवगन र इलियानाबिच छायांकन गरिएको इन्टिमेट दृश्यलाई सेन्सर बोर्ड पठाउनुभन्दा पहिले नै हटाइएको खबर सार्वजनिक भएको थियो ।

आजको समयमा फिल्म निर्मातालाई सेन्सर बोर्डबाट फिल्म पास गराउन ठूलो समस्याको सामना गर्नुपर्छ भन्ने प्रश्न सोध्दा उनले जवाफ दिए, ‘मसँग त यस्तो भएको छैन । यदि निर्माताले केही कारणसहित आफ्नो कुरा सेन्सर बोर्डसामू राख्छन् भने यस्तो समस्या निम्तिनेछ ।’

सेप्टेम्बर १ तारिखमा रिलिज हुनेछ फिल्मः

मिलन लुथारियाको निर्देशनमा बनेको फिल्म ‘बादशाहो’ सेप्टेम्बर १ तारिखमा रिलिज हुनेछ । यसमा अजय देवगन, इलियान डिक्रुज, ईशा गुप्ता, इमरान हाशमी र विद्युत जामवालजस्ता कलाकारको भूमिका रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप