शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नागढुङ्गाबाट ठूलो परिमाणमा कपडा बरामद

शनिबार, ०७ असार २०७६, १२ : ०७
शनिबार, ०७ असार २०७६

काठमाडौँ–महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ ।

प्रभागको टोलीले नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७८९२ नम्बर र ना ६ ख १२८९ नम्बरको बस चेकजाँचका क्रममा रु १० लाख ७१ हजार मूल्य बराबरको सामग्री आज बिहान बरामद गरेको हो । 

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख कुमारविक्रम थापाले दुईवटा बस जाँच गर्दा भन्सार छलेर ल्याएको पाँच बोरा सामान बरामद गरेको जानकारी दिए । “सामानको बिल र धनी नभएकाले हामीले सामानलाई बरामद गरेका हौँ,” उनले भने  । 
प्रहरीले एक हजार ४१८ थान विभिन्न रङको कुर्ता तथा टप्स, पुरुषले लगाउने कमेज ७५ थान, पेटी २४ थान, पुरुषले लगाउने कट्टु ५९ थान, ४८ मुठ्ठा जाली कपडा बरामद गरेको हो । वृत्तको टोलीले आवश्यक कारबाहीका लागि सामानलाई राजश्व अनुसन्धान विभाग पठाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप