कैदी प्लाष्टिकको छानामुनि बस्न बाध्य
डोटी-जिल्ला कारागारका कैदी प्लाष्टिकको छानामुनि बस्न बाध्य भएका छन् । कारागार भवन जीर्ण भएर चुहिन थालेपछि उनीहरु कष्टकर जीवन बिताउन बाध्य भएका हुन् ।
झरी परेका बेला पानी चुहिन्छ । जीर्ण कारागार भवन टालटुल गरे पानी चुहिने समस्या हटेको छैन । पानी चुहिने भएपछि कैदी प्लाष्टिक राखेर सुत्ने गरेका छन् । “राणाकालमा निर्माण गरिएको भवनमा स्लेट खिइएर झर्न थालेको छ”, कैदीबन्दीका नाइके दीपेन्द्र जेठाराले भने, “दिउँसो चौरमा बस्छौँ, छानो खस्ने चिन्ताले पिरोल्छ ।” ढोका पुरानो भएका कारण लगाउन नमिल्ने अवस्थामा छ ।
बजेट अभावका कारण जीर्ण भवन मर्मतसम्भार गर्न नसकिएको कारागारका प्रमुख राजन केसीले बताए । पच्चीस कैदीको क्षमता रहेको डोटी कारागारमा हाल ४३ पुरुष कैदी ४३ र चार महिला कैदी रहेका छन् । क्षमताभन्दा बढी कैदी हुँदा खानेपानी र शौचालयको समस्या भएको छ । पालो पखर्नुपर्ने अवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा