शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल हेर्नुहोस्

शनिबार, ०७ असार २०७६, ११ : १०
शनिबार, ०७ असार २०७६

वि.सं.२०७६ साल असार ०७ गते । शनिबार । ईश्वी सन् २०१९ जुन २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि पञ्चमी,३५ घडी ५० पला,बेलुकी ०७ बजेर ३० मिनेट उप्रान्त षष्ठी । नक्षत्र धनिष्ठा,३७ घडी ०३ पला,बेलुकी ०० बजेर ०० मिनेट उप्रान्त शतभिषा । योग विष्कुम्भ,३८ घडी ०६ पला,बेलुकी ०८ बजेर २५ मिनेट उप्रान्त प्रिती । करण कौलव,बिहान ०६ बजेर ३२ मिनेट तैतिल,बेलुकी ०७ बजेर ३० मिनेट उप्रान्त गर । आनन्दादिमा प्रवद्र्ध योग । चन्द्रराशि मकर,बिहान ०६ बजेर ४३ मिनेट उप्रान्त कुम्भ । 

काठमाडौंमा सूर्योदय ०५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३६ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आम्दानीका बाटाहरु एक्कासि बन्द हुदा दैनिक रुपमा चलिरहेका कामहरु प्रभावित हुनेछन् । बिवादित विषयहरुको उठान नगनुहोला आफ्नो पक्षमा निर्णय आउने छैन । पढाइ लेखाइमा मन नजादा अरु भन्दा पछि परिने सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानी  गरेपनि नाफा कमाउन केहि समय कुर्नुपर्नेछ । अग्रज तथा दाजुहरुसँग बिनाकारण विवाद हुने योग रहेकोछ । चाहेका बस्तुहरु समयमा उपलब्ध नहुँदा मन खिन्न हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँने ग्रहयोग रहेकोछ । व्यापार व्यावसायमा लगानी  गरि मनग्गे रुपैया पैसा कमाउन सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुने योग रहेकोछ । बुवा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धिहरुलार्ई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउबाट प्रेम प्रस्ताव आउँने अधिक सम्भावना रहेकोछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपार्ईँको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रसस्त समय दिन सकिने हुदा भनेजस्तो उपलव्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँन तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा भनेजस्तो आम्दानीनहुने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सुचनाहरु बहिरिने हुदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । मनोबल कमजोर हुने हुनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पारिवारिक सम्बन्ध,दाम्पत्य जिवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानीहुनेछ । लामो तथा रमाईलो यात्रा हुनेहुँदा मन प्रशन्न हुनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपार्ईँले सोचेजस्ते राम्रो हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्राप्तिको गतिलो योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिद्या तथा प्रतिष्पर्धामा प्रतिस्पर्धिहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेकोछ । राजनीति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्सटाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाइनेछ । साझपख भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको योग रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा सहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी बडाउँदा राम्रो कमाई हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ भने भौतिक धन सम्पति लाभ हुनेसमय रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीति तथा समाजसेवामा जनता सँग सन्तुलित व्याबहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ । व्यापार व्यावसायमा लगानी  गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपानाउनु होला । आमाको तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेकोछ । दाजुभाईहरु सँगको सम्बन्धमा नया पनको बिकास हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साथिभाई तथा आफन्तसँग सँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानी बाट मनग्गे भन लाभ हुनेयोग रहेकोछ । दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुनेतथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानीगर्न सकिने समय रहेकोछ । पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिने समय रहेकोछ । प्रेममा सफलता प्राप्त हुनेतथा नया योजनाका साथ अगाडि बढ्न सकिनेछ । 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर काम कामहरु थालनी गर्नुहोला अरुको सल्लाह तथा सुझाब मान्दा व्यापार व्यावसायमा लगानी फस्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा कमाएको इज्जत प्रतिष्ठा यथास्थानमा राख्न हम्मे हम्मे पर्नेछ । भौतिक सम्पति तथा विलासी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । घरपरिवार तथा आफन्तजन सँग मनमुटाव बढ्ने योग रहेकोछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केहि समय पर्खनु राम्रो रहेकोछ भने बिदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाइ लेखाइमा मन जाने छैन भने अल्छि गर्नाले अन्यकाहरु प्नि बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप