शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय राजदूत मञ्जीवसिंह पुरी सम्मानित

शुक्रबार, ०६ असार २०७६, १८ : ५६
शुक्रबार, ०६ असार २०७६

जनकपुर– जनकपुर क्षेत्र विकास परिषदले भारतीय राजदूत मञ्जीवसिंह पुरीलाई  सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रमबीच राजदूत पुरी सम्मानित भएका हुन् ।  कार्यक्रममा परिषदको अध्यक्ष शालिग्राम सिंहले भारतीय राजदूत मञ्जीव सिंह पुरी लगायतकालाई रुद्राक्षको माला तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

जनकपुरमा भएको सम्मान कार्यक्रममा बोल्दै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले जनकपुर मिथिला मधेशको विद्वत वर्गको स्थलको रुपमा परिचित रहेको भन्दै यसको संरक्षण र संवद्र्धनका लागि ध्यान दिनुपर्ने आवश्यकता रहेको औल्याए ।

उनले मिथिलाको जनकपुर प्राचिनकाल देखि ज्ञानभूमि र सांस्कृतिक भुमि तथा पर्यटकीय भूमिको निर्माणको लागि ध्यान दिनुपर्ने आवश्यकता रहेको भन्दै उनले यसको लागि परापूर्वकालको ज्ञान क्षेत्रको रुपमा वर्तमानमा पनि ज्ञानस्थल झैँ विश्वविद्यालय निर्माण गरि भविष्यमा पनि आफ्नो महत्व झल्काउने गरी पहिचान कायम राख्न तर्फ सरकार लागि पर्ने आवश्यक रहेको बताए ।

उनले जनकपुर विकासको लागि केन्द्र सरकारले आवश्यक सहयोग गर्ने भएकाले यसको लागि स्थानीय सरकारले स्रोत साधन र जनशक्तिको परिचालनमा आवश्यक ध्यान दिनुपर्नेमा जोड दिए । मिथिला भूमिको रुपमा रहेको जनकपुर र यसको पहिचान कायम राख्दै  स्वच्छ, स्वास्थ्य र हराभरा तथा सुन्दर बनाउनु तर्फ जोड दिए । 

त्यस्तै प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले जनकपुरको विकासको लागि सांस्कृतिक महत्वलाई कायम राख्नुपर्नेमा जोड दिए ।  कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले अब आउने दिनमा जनकपुर राजधानीमा परिणत हुने भएकाले यसको लागि दिर्घकालिन शहरी योजना अनुरुप नगरले कार्य थाल्न आवश्यक रहेको बताए ।

यसका कार्यक्रममा भौतिका पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव लगायतहरुको समेत उपस्थिती थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप