सेती नदीमा बगेर बालकको मृत्यु
शुक्रबार, ०६ असार २०७६, १८ : ३२
डोटी– डोटीको सेती नदीमा बगेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार आज सेती नदीमा नुहाउन गएका बेला शिखर नगरपालिका–१० बानीडुग्रीसैन बस्ने हरिश बलायरका छोरा वर्ष ७ का गोविन्द बलायरको मृत्यु भएको हो ।
स्थानीय सेवा एकेडेमी बोर्डिङमा यूकेजीमा पढ्ने निज बालक आज दिउँसो स्कुल छुट्टी भएपछि सेती नदीमा नुहाउन गएका थिए । नुहाउने क्रममा एकाएक बगेका बालक बलायर करीब ३० मिटर तल नदी छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल