केन्द्रीय संस्करण

एनआरएनए  स्कटल्याण्डद्वारा  रास्कोट अस्पताललाई सहयोग

person explore access_timeअसार ६, २०७६ chat_bubble_outline0

स्कटल्याण्ड–  एनआरएनए  स्कटल्याण्डले कालिकोटको रास्कोटमा बन्न लागेको  रास्कोट सामुदायिक अस्पताललाई सहयोग प्रदान गरेको छ। एनआरएनए  स्कटल्याण्डका अध्यक्ष  मोहन कार्कीले  गत मार्च महिनामा  एनआरएनए   स्कटल्याण्डले  आयोजना गरेको हिल वाक कार्यक्रमबाट संकलित पचास हजार रुपैंया रबि लामिछाने फाउन्डेसनमार्फत   रास्कोट  अस्पताल  प्रदान गरिएको बताए। सहयोग रकम संकलन अभियानमा कृष्ण दाहाल, राम बगाले, उज्वल कार्की, दिवाकर पाण्डे, बलराम पौडेल ,माधव भण्डारी, राम श्रेष्ठ लगायतको  सक्रियता रहेको थियो।  

रास्कोट सामुदायिक अस्पताललाई नमुना सामुदायिक स्मार्ट  अस्पताल बनाउने लक्ष्य राखिएको छ भने अस्पतालबाट कालिकोटका पचास हजार बासिन्दा लाभान्वित हुने जनाइएको छ।   अध्यक्ष  मोहन कार्कीले आगामी दिनहरुमा एनआरएनए  स्कटल्याण्डले यस्तै प्रकारका अन्य सहयोगहरु  गर्ने बताएका छन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.