शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा प्रदर्शनी मेला लाग्ने

शुक्रबार, ०६ असार २०७६, १८ : २५
शुक्रबार, ०६ असार २०७६

जनकपुर– घरेलु उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले जनकपुरमा औद्योगिक तथा व्यापार प्रदर्शनी मेला लाग्ने भएको छ । जनकपुरमा हुने ३ दिवसीय मेलामा स्थानीय उद्योगहरुले उत्पादन गरेको उत्पादनहरुको प्रदर्शनी गरिने भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय धनुषाको आयोजना तथा जनकपुर उद्योग वाणिज्य संघको सञ्चालनमा हुन लागेको यस मेलामा स्वदेशी तथा घरेलु उत्पादनलाई ग्राह्यता दिइने जनाइएको छ । धनुषा जिल्लाभरका साना तथा ठूला उद्योगी व्यवसायीहरुको मेलामा सहभागिता रहने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले जानकारी दिए । 

३ दिनसम्म स्थानीय उत्पादनहरुको प्रदर्शनीका लागि आयोजना हुन लागेको सो मेलामा निःशुल्क रुपमा स्टलहरु उपलब्ध गराइने उनले बताए । यस मेलामा ७० भन्दा बढी स्टलहरु रहने व्यवस्था मिलाइएको छ ।

प्रदेश सरकारले स्थानीय उत्पादनहरुको विषयमा जानकारी पुर्याउने उद्देश्यले मेला आयोजनाका लागि २० लाख रुपैयाँ उपलब्ध गराएकाले घरेलु तथा साना उद्योग कार्यालय धनुषाका नागेन्द्र साहले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप