बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घुस लिएको अभियोगमा कर्मचारी पक्राउ

शुक्रबार, ०६ असार २०७६, १६ : ३५
शुक्रबार, ०६ असार २०७६

बारा- अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले बारा जिल्ला अदालतका खरिदारलाई १८ हजार घुससहित रङ्गेहात पक्राउ  गरेको छ ।

पक्राउ पर्नेमा बारागढी गाउँपालिका–२ बस्ने वर्ष ३० का सुनिल चौधरी रहेको अख्तियारका सूचना अधिकारी देवकुमार राईले जानकारी दिए । लेनदेनको मुद्दामा सेवाग्राहीको नाममा पाँच कठ्ठा जग्गा पास गर्नका लागि मालपोतमा सिफारिस लेखिदिन घुसबापत रु १८ हजार सेवाग्राहीलाई दिने क्रममा चौधरी पक्राउ परेका थिए । स्रोतका अनुसार सेवाग्राहीसँग पटक पटक गरी रु १२ हजार अगाडि नै चौधरीले लिइसकेको थियो सूचना अधिकारी राईले भने ।

 पक्राउ परेका चौधरीलाई अख्तियारको क्षेत्रीय कार्यालयमा लगिएको र भोलि मात्र काठमाडौँ पठाउने सूचना अधिकारी राईले जानकारी दिए । चौधरीलाई  विशेष सूचनाको अधारमा  पक्राउ गरेको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप