मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकहरु आधुनिक सुदखोर हुन्ः डा.भट्टराई

शुक्रबार, ०६ असार २०७६, १५ : १०
शुक्रबार, ०६ असार २०७६

काठमाडौं– अर्थमन्त्री समेत भइसकेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले हालका बैंकहरु आधुनिक सुधखोर भएको आरोप लगाएका छन् । शुक्रबार संसदमा भएको आर्थिक वर्षको बजेट माथिको छलफल सभामा बोल्दै भट्टराईले बजेट व्यवस्थापन र अर्थतन्त्रको सुधारमा बैंकहरु चुनौंतिको रुपमा रहेकाले बैंकिङ्ग प्रणाली सुधार्नु पर्नेमा जोड दिएका छन् । 

‘अहिलेका बैंकहरु आधुनिक सुदखोरहरु हुन् । यिनले आफु मोटाउने र देशलाई डुबाउने गर्छन् ।’ उनले भने, ‘सरकारले बैंकिङ्ग क्षेत्रलाई सुधार्ने खालका नीति तथा कार्यक्रमहरु ल्याउनु पर्छ । अनिमात्र बजेटले व्यवस्था गरेको योजनाहरु कार्यन्वयनमा सफलता मिल्छ ।’

भट्टराईका अनुसार बैंकहरु राष्ट्रको सर्वोपरी आर्थिक उपार्जन र मुलुकको अर्थतन्त्र सुधारमा भन्दा पनि कमाउने तर्फ मात्र केन्द्रि भएका छन् । उत्पादनशील क्षेत्रमा भन्दा अनुत्पादनशील क्षेत्र जहाँ व्याज धेरै आउँछ त्यतै लाग्ने गरेका छन् । बैंकहरु बसेर ब्याज खाने सुधखोर भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप