बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पेसीमा चाँडो चढाइदिन्छु भन्दै घुस, बारा अदालतका तमेलदार पक्राउ

शुक्रबार, ०६ असार २०७६, १२ : ५४
शुक्रबार, ०६ असार २०७६

जनकपुर । बारा जिल्ला अदालतका एक तमेलदार आज १८ हजार रुपैयाँ सेवाग्राहिसङ्ग घुससहित रङ्गेहात पक्राउ परेका छन् ।

शुक्रबार एक सेवाग्राहीलाई मुद्दा छिटो पेसीमा चढाइदिन्छु भन्दै बारा जिल्ला अदालतका तामेलदार सुनिल चौधरीले घुस माग गरेका थिए ।

अदालतको छेउमै रहेको मालपोत कार्यालय अगाडि घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने तामेलदार चौधरी गजनी अदालतको कोठा नम्बर ७  मा कार्यरत छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप